Posts

बैतडी दनपा गुरुखोलामा बसको ठक्करबाट महिलाको मृत्यु

Image
बैतडी – दशरथचन्द नगरपालिका–१, गुरुखोला विद्यालय गेट नजिक बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार महाकाली यातायातको (सु.प.प्र ०२००१ ख १०१७) नम्बरको बसले महिलालाई ठक्कर दिएको हो। देहिमाण्डौ मेला हेरी घर फर्किँदै गरेकी महिलालाई सतबाँजबाट देहिमाण्डौ जाँदै गरेको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

देवलहाटको सहस्त्रलिङ्ग मन्दिरमा ११५ केजीको घन्टी चढाउने अभियान सुरु

Image
बैतडी, नेपाल – दशरथचन्द नगरपालिका–४, देवलहाटस्थित दुर्लभ सहस्त्रलिङ्ग मन्दिरमा पहिलोपटक ११५ केजी तौलको ठूलो घन्टी चढाउने अभियान आरम्भ भएको छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले अमूल्य मानिएको यस मन्दिरलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन अभियानले महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ। धार्मिक आस्था र परम्परा साउन महिनाको अन्तिम सोमबार यहाँ नेपाल पञ्चाङ्ग निर्णायक समितिमा दर्ता गरिएको रुद्री अभिषेक पूजा र आजापाठ मेलामा प्रत्येक वर्ष हजारौँ भक्तजन पूजाआजा गर्न आउने परम्परा रहेको छ। हरिद्वार पुग्न नसक्ने भक्तजनका लागि यहाँको शिव कुण्डलाई पवित्र स्नानस्थल मानिन्छ, जहाँ स्नान गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ। साथै, मन्दिर परिसरमा रहेको करिब ५०० वर्ष पुरानो पीपलको रुख धार्मिक ध्यान, आस्था र विश्रामको प्रतीकका रूपमा स्थापित छ। धार्मिक पर्यटनलाई प्रोत्साहन हाल सहज सडक पहुँच उपलब्ध भएकाले सहस्त्रलिङ्ग मन्दिरसम्म पुग्न सजिलो भएको छ। यसले धार्मिक पर्यटनमा थप वृद्धि हुने अपेक्षा गरिएको छ। सहभागिताका उपाय अभियानलाई सफल बनाउन भक्तजन र शुभेच्छुकले ...

बैतडीमा विद्युतीय सवारी दुर्घटना, १० जना घाइते

Image
बैतडी – बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा विद्युतीय सवारी (इभी) दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बैतडीको सुर्नया–७ भञ्ज्याङमा धनगढीबाट पुर्चौंडी हाटतर्फ जाँदै गरेको इभी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। १९ यात्रुमध्ये ८ जना सकुशल छन् भने घाइतेलाई डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। धनगढीबाट पुर्चौंडी हाटतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ०६२० नम्बरको इभी शनिबार दिउँसो करिब २:३० बजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत भञ्ज्याङमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सवारीमा चालकसहित १९ जना सवार रहेका मध्ये ८ जना सकुशल रहेका छन् भने १० जना घाइते भएका छन्। घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, ५ वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद रहेका छन्। त्यस्तै पुर्चौंडी नगरपालिका–४ की १९ वर्षीया कमला धानुक, सोही ठाउँका २२ व...

निङ्गलाशैनी अठसठ्ठीकि जात १४ गते महाअष्टमीको दिन

Image
निंगलासैनी मन्दिर सुदूरपश्चिम नेपालको प्रसिद्ध मन्दिरमध्ये एक हो। यो बैतडी जिल्लाको दशरथचन्द नगरपालिका २ देहिमाण्डौंमा अवस्थित छ। मन्दिर जिल्ला सदरमुकाम भन्दा करिब १२ किलोमिटर अगाडी नै रहेको छ । देहिमाण्डौंको भगवतीलाई निंगलासैनी भगवती मन्दिरको नामले पनि चिनिन्छ। यसका साथै मेलौली भगवती, कपलाशैनी, रणशैनी आदि मन्दिरहरू पनी निकै चर्चित रहेका छन । यो सुदूरपश्चिमको एक प्रमुख धार्मिक र पर्यटकीय गन्तव्य हो। हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने यस मन्दिरमा प्रत्येक वर्ष बडा दशैं, चैते दशैं, अनन्त चतुर्दशी, पूर्णिमा र धान्य पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्छ। अठसठ्ठी कि जात १४ गते.  घटस्थापनादेखि बडा दशैको दिनसम्म यो सञ्चालन भ‌एपनी मुख्य मेला महाअष्टमी को मानिन्छ। अठसठ्ठी जाँतका नामले प्रख्यात यस जाँतमा अष्टमीका दिन कम्तीमा ६८ प्राणीको बलि दिनुपर्ने परम्परा छ । सङ्ख्या नपुग्ने अवस्थामा नरिवल र कुभिण्डोका बलि दिइन्छ । अचेल महाष्टमीका दिन माताको मन्दिरमा हजारौं बोकाहरू र ३/४ सय राँगाहरूको बलि गरिन्छ । टाढाटाढाबाट ल्याएका बोका तथा राँगाहरू कारणबस सो दिन बलि सुरु हुनु ...

दशैं : नेपालीहरूको महान चाड

Image
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र धार्मिक विविधताले भरिएको राष्ट्र हो। यस विविधताबीच पनि दशैं सबै नेपालीको साझा र ठूलो चाडका रूपमा मनाइन्छ। दशैंलाई "विजयादशमी" पनि भनिन्छ। यस पर्वको मूल सन्देश भनेको असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय, अधर्ममाथि धर्मको विजय हो। १. धार्मिक तथा ऐतिहासिक महत्त्व दशैंको मूल जड हिन्दू धर्मसँग सम्बन्धित छ। पुराण अनुसार महिषासुर नामक असुरले देवता र मानवलाई दुःख दिन थालेपछि सबै देवताहरूको शक्तिबाट देवी दुर्गा उत्पन्न भइन्। दुर्गाले नौ दिनसम्म युद्ध गरेर दशौँ दिन महिषासुरलाई वध गरिन्। यही दिनलाई असत्यमाथि सत्यको विजयको प्रतीक मान्दै दशमीका दिन विजयादशमीको रूपमा मनाइन्छ। पर्वका प्रमुख दिनहरू घटस्थापना : घर–घरमा घट राखेर जमरा रोपिन्छ। नवरात्र : नौ दिनसम्म देवी दुर्गाका विभिन्न रूपहरूको पूजा हुन्छ। फूलपाती : सप्तमीका दिन विशेष विधिमा फूलपाती ल्याउने प्रचलन छ। महाअष्टमी : दुर्गा माताको विशेष पूजा, पशुबली दिने चलन अझै कतै कायम। महानवमी : शस्त्रपूजा र दुर्गा भवानीको आराधना। विजयादशमी : घरका जेष्ठले कनिष्ठलाई टिका, जमरा लगाइदिन्छन् र आशी...

सडक‌ सफाई तथा मर्मत नहुदा चाडपर्वमा घर आउनेलाई सास्ती

Image
बैतडी – चाडपर्वको समयमा सडक सञ्जाल हुँदै घर फर्किने यात्रुहरूलाई सडकको दुरावस्था र मर्मतको अभावले ठूलो समस्या परेको छ। बैतडीसहितका ग्रामीण भेगमा सडक बने पनि समयमा सफाई तथा मर्मत नभएकाले धुलो, हिलो र खाल्डाखुल्डीका कारण स्थानीयवासी र यात्रुहरू समान रूपमा सास्ती खेपिरहेका छन्।   यात्रीहरूले लामो यात्रापछि घर पुग्दा चाडपर्वको खुसीभन्दा बढी दुख र पीडा भोग्नु परेको गुनासो गरेका छन्। सडकमा पानी जम्दा हिलो, मर्मत अभावमा सवारीसाधन बिग्रिने अवस्था, दुर्घटना जोखिम बढ्नु, र यात्रामा ढिलाइ हुनु प्रमुख समस्या रहेको छ। स्थानीयवासीले सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराए पनि कुनै ठोस पहल नहुँदा समस्या झनै जटिल बनेको हो। चाडपर्वका बेला विदेश र शहरबाट घर फर्किनेको संख्या बढ्ने भएकाले सडकको अवस्था अझै संवेदनशील हुने चिन्ता छ। समाधानको बाटो स्थानीय तह र सडक विभागले नियमित रूपमा सडक सफाई, ग्राभेल हाल्ने, खाल्डा पुरेर छोटो अवधिका लागि तत्कालीन समाधान दिन सक्ने। दीर्घकालीन समाधानका लागि गुणस्तरीय ढल निकास, नाली व्यवस्थापन, तथा टार्गेट मिलाएर स्तरोन्नति कार्य गर्नुपर्ने। यात्रुहरूको सुर...

Gen Z युवाद्वारा दशरथचन्द नगरपालिकासँग आर्थिक हिसाब र सम्पति विवरण माग्दै निवेदन दर्ता

Image
दशरथचन्द नगरपालिकासँग आर्थिक हिसाब र सम्पति विवरण माग गर्दै स्थानीय युवाद्वारा निवेदन दर्ता  #baitadi4change #genz #Baitadi नेपालका कानुन र कानुनी आधारहरु १. सञ्चो संविधान, सूचना सम्बन्धी अधिकार, र सूचना प्राप्तिको हक ऐन नेपालको संविधान, २०१५ (२०७२) अन्तर्गत सूचना प्राप्तिको अधिकार सुनिश्चित गरिएको छ। संविधानले जनतालाई आफ्नो सरकारबाट सूचना प्राप्ति र पारदर्शिताको अधिकार दिन्छ।  सूचना प्राप्तिको हक ऐन, २०६४ (Right to Information Act, 2007) ले सार्वजनिक निकायहरू (public bodies) लाई सूचना मागे अनुरुप उपलब्ध गराउने दायित्व राखेको छ।  सूचना प्राप्तिको नियमावली, २०६५ ले प्रयोजन, समयावधि, प्रकृया आदि व्याख्या गर्दछ।  सूचना प्राप्तिको ऐनले के–के खुला पार्नुपर्ने भनेर तोकेको छ: सार्वजनिक निकायका आर्थिक सूचना (budget, खर्च, राजस्व आदि) लाई स्वचालित प्रकाशन (proactive disclosure) अन्तर्गत हुनुपर्ने। सार्वजनिक निकायले समय–समयमा अपडेट गरेर विभिन्न सूचना प्रकाशित गर्नुपर्नेछ।  सार्वजनिक निकायका कर्तव्य, काम गर्ने प्रकृया, सेवाहरू, निर्णय गर्ने प्रक्रिया, ज...

दशरथ चन्द नगरपालीकाले गर्नुपर्ने मुख्य सुधारहरू

Image
दशरथ चन्द नगरपालीकाले गर्नुपर्ने मुख्य सुधारहरू राम्रो सँग अध्ययन गरिदिनु होला।  १-बाँझो जग्गा ब्यवस्थापन( बाँदर हरु लाई पनि बाच्ने वातावरण बनाउने - जल्दो,अदुवा, कागती,चुख,ओखर , खुर्सानी,श्रिखण्ड, रुद्राक्ष, जस्तो खेति गर्न सकिन्छ।  २-सामुदायिक बिधालय हरुको सुधार( नैतिक शिक्षा,संस्कृत र पुर्व व्यवसायिक शिक्षा र प्राविधिक शिक्षा )   ३-स्वास्थ्यमा सुधार (बृद्द ,असहायको घरमा नै गएर सेवा दिने सुगर बिपि लगायत का दिर्घकालीन रोगहरू लाई निशुल्क औषधी,योग ,ध्यान तथा आयुर्वेदिक पद्धतिमा स्वास्थ्य सेवा दिने लगायत सम्भव भए सम्म निशुल्क स्वास्थ्य सेवा।  ४-साना तथा घरेलु उद्यम हरु स्थापना ( एक गाउँ एक उत्पादन/उधोग कृषि,तथा स्थानीय उत्पादनको आधारमा PPP model मा ।   ५-पुराना रितिरिवाज, परम्परा ,लोक संस्कृति हरुको संरक्षण प्रबर्द्धन तथा सुधार गर्ने ।  ६-धार्मिक पर्यटकीय स्थलहरू पहिचान गरि एक आपसमा जोड्ने ट्रयाक निर्माण गर्ने।   ७- पुर्वाधार विकासमा अनिवार्य श्रमदान गर्नुपर्ने आवश्यकता र श्रोतको सुनिश्चितता को आधारमा मात्र योजना बनाउने ,योजना सम्पन्न भएको३...

बैतडीमा बुधबार जीप दुर्घटना, १२ घाईते ३ गम्भीर

Image
बैतडीको दशरथचन्द नगरपालिका–४ शाहीलेक नजिक बुधबार दिउँसो करिब ३ बजे उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। गोठलापानीबाट खोड्पे जाँदै गरेको जीप गोठलापानीबाट १.४ कि.मि अगाडी इश्वरीगंगा जाने बाटोको पिपलबोटनिर दुर्घटनामा परेको हो। घाइतेमध्ये दशरथचन्द–११ की हरिना जोशी, दशरथचन्द–६ का अर्जुन महर (गम्भीर), धिरेन्द्र खत्री, लक्ष्मण नाथ, भुपेश जोशी, पुर्चौडी–४ की हिरा भट्ट, पुर्चौडी–५ का रिकेश पार्की, दिनेश पार्की (गम्भीर), जनक भट्ट, पाटन–९ का कबिराज भट्ट (गम्भीर), जनक भट्ट र पाटन–३ का डम्मर दत्त भट्ट रहेका छन्। चालक रोसन भट्ट सहित १३ जनामध्ये घाइते सबैलाई जिल्ला अस्पताल बैतडीमा उपचार भ‌ईरहेको छ। तीन जनाको अवस्था गम्भीर छ भने बाँकीको सामान्य रहेको प्रहरीको भनाइ छ। click hare for video click hare

Sunit Bhatt

Image
Sunit Bhatt (Nepali: सुनित भट्ट, full name: Sunit Prasad Bhatt) is a Nepali Ayurvedic health worker, digital content creator, and YouTuber based in Baitadi district, Sudurpashchim Province, Nepal. He is known for his service in traditional medicine and his growing influence on YouTube and Facebook, where he creates and shares educational, spiritual, and cultural content. As a young entrepreneur and social helper, he has become a respected figure in his local community. Early Life and Education: Sunit Bhatt was born on Asar 27, 2055 B.S.( 11 July 1998) in Baitadi, a hilly district in western Nepal. He completed his School Leaving Certificate (SLC) in 2071 B.S., followed by a Bachelor’s degree in Management in 2078 B.S. During his undergraduate years, he also pursued and completed training in Ayurveda(Vaidhha), developing a deep interest in traditional health care and natural healing systems. Career in Ayurveda: Sunit Bhatt began working in the Ayurvedic field in 2077 B.S. and has si...

Sunit Bhatt - Health Worker and Youtuber from Baitadi

Image
Sunit Bhatt – Health Worker & YouTuber from Baitadi Introduction: Sunit Bhatt is a dedicated health worker and content creator based in Baitadi, Nepal. With years of experience in providing healthcare through his medical practice, he is committed to serving the people with Ayurvedic and general health consultations. Profession: Sunit runs a medical shop where he treats patients and advises them with the right medicines and health tips, especially based on Ayurvedic knowledge. His aim is to reach remote communities and ensure they have access to affordable and effective health services. YouTube Journey: Alongside his health profession, Sunit is also a passionate YouTuber. Through his channel SB7 Official, he creates and shares educational content related to: Health awareness Ayurvedic remedies Religious and cultural traditions of Nepal Local festivals and spiritual practices Vision: “My goal is to improve people’s lives by providing both medical services and valuable in...

निङ्ग‌लासैनी भगवती मन्दिरको ईतिहास, उत्पत्ति, अनुश्रुतिमूलक कथा र पूजाविधिको परम्परा

Image
 निङ्ग‌लासैनी भगवती बैतडीको दशरथचन्द न.पा.को उपल्लो स्वराडकी देवीका विभिन्न स्वरुपहरूमध्ये देहिमाण्डौंकी निङ्गलासैनी माता पनि एक प्रख्यात भगवती हुन् । देहिमाण्डौंमा निङ्गलाको झाङभित्र देवीको फुटलिङ्ग गाथ (शिला) भएको हुनाले यिनलाई निङ्गलासैनी माताका नामले शक्तिपीठको रूपमा पुज्ने गरिएको छ । यहाँ प्रत्येक महिनाको स‌ङ्क्रान्ति, पूर्णिमा, चैतेदशैं (दशमी), भाद्र चर्तुदशी, आश्विन बडादशैं, पुसको औंशी तथा पूर्णिमामा मेला र पूजा हुन्छ । जीतसिंह भण्डारीका अनुसार यहाँ बाहिरी रेखदेख गर्ने कार्य बोहरा र पुजाराले गरेका छन् भने भित्री गाथमा पण्डा (पालिका भट्ट, सुते गाडी भट्ट, बोग्गाई भट्ट र अरल्या भट्ट) ले पुज्ने प्रचलन रहिआएको छ । देवीको डोला (सिंहासन) पण्डा र भण्डारीहरूले भण्डार घरमा लगिराख्ने र ल्याउने परम्परा अहिलेसम्म यथावत् छ । यस्तै अन्य थरी धामी, रावत, थलाल, आदिहरूले पनि मन्दिरमा आ-आफ्नो कार्य यथावत् गरिराखेका छन् । निङ्गलासैनी भगवतीको काला खामका मुखिया बोहरा हुन् (सम्पादन)। "भागेश्वर देउता र नौ बैनी भगवती" भनी ढोलगें ठाडा खेलमा यी निङ्गलासैनीलाई भागेश्वर देउताकी सबैभन्दा जेठी बहिनी ...

बैतडीमा एकजना पुरुषलाई बेपत्ता पारी हत्या गरेको आरोपमा एकजना महिला पक्राउ

Image
असार ३ बैतडी::: बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा एकजना पुरुषलाई बेपत्ता पारी हत्या गरेको आरोपमा एकजना महिलालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।  वडा नम्बर ६ का ट्रक चालक रहेका वर्ष ४५ का वीरभान बिष्टलाई पुरुषहरूको समूह बनाएर हत्या गरेको आरोपमा सोही वडाकी २६ वर्षीय शिक्षिका भागरती बिष्टलाई पक्राउ गरिएको छ।  गएको असार १ गतेदेखि वीरमान बिष्टलाई बेपत्ता पारेको भन्दै ३ गते सोमबार वीरबानका भाइले इलाका प्रहरी कार्यालय पाटनमा निवेदन दिएका थिए।  प्रहरीले सबैतिर सुरक्षाकर्मी परिचालन गरी खोजीकार्य भइरहेको अपडेट आएको छ।  आफन्तका अनुसार ती महिलाले केही पुरुषहरूको समूह बनाएर हत्या गराएको आफन्तको आरोप रहेको छ। र केही नामहरू प्रहरीलाई दिइएको र फरार रहेका पुरुषहरूको खोजी कार्य भइरहेको समाचारमा उल्लेख गरिएको छ । स्थानीयहरूले दोषीलाई कारबाही गर्नका लागि इलाका प्रहरी कार्यालय पाटन घेराउ गरी सडक आन्दोलनको तयारी तयारी रहेको आफन्तले बताए।   यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गोठलापानीबाट झुलाघाट जादै गरेको जिप दुर्घटनामा मृत्यु तथा घाईते सबैको परिचय खुल्यो

Image
जेठ १६ बैतडी, मृत्यु हुनेमा बैतडीको दाेगडाकेदार गाउँपालिका ६ सित्तड माइत भइ भारतकाे पिथाैरागढ घर भएकी २१ वर्षीया मिना जाेशी रहेकी छन्। मिनाकाे जिल्ला अस्पताल बैतडीमा मृत्यु भएकाे हाे। यस्तै घाइते हुनेहरूमा मृतक मिनाका श्रीमान ३० निरज भट्ट, दशरथचन्द नगरपालिका ६ गाजरी ४५ वर्षीया जानकी चुनारा , मेलाैली नगरपालिका २ का ७६ वर्षीय कृष्णबहादुर चन्द,पुर्चाैडी नगरपालिका ५ कुवाकाेटकी २८ वर्षीया निरा कुँवर,दशरथचन्द नगरपालिका १० का २८ वर्षीय ललितराम टमटा, साेही ठाउँका ३० वर्षीया निर्मला टमटा, निर्मलाका छाेरा ८ वर्षीय कार्तिक टमटा, दशरथचन्द नगरपालिका २ देहिमाडाैं माइत भएर भारतकाे पिथाैरागढ घर भएकी २४ वर्षीया रतना काेहरा र रतनाका श्रीमान २६ वर्षीय किसन काेहरा रहेका छन् । २ बजे झुलाघाटतर्फ जाँदै गरेको सुपप्र ०१-०० १ ज १५०० नम्बरको जिप दशरथचन्द नगरपालिका-१०, आदरपिण्डमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर एकजनाको मृत्यु भएको र आठजना घाइते भएका छन्।   दुर्घनापछि जिप चालक दार्चुलाको लेकम गाउँपालिका –३, का ३१ वर्षीय भुवन टमाटा फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीको भनाइ...

बैतडीमा कोदालो प्रहार गरी १ जनाको हत्या र २ जना घाइते

Image
चैत्र ८, बैतडी - बैतडीमा १ जनाले आफ्नै श्रीमतीको कोदालो प्रहार गरी हत्या गरेका छन्। डिलासैनी गाउँपालिका वडा नम्बर ७ धामी गाउँका वर्ष ६२ का किषन सिंह धामीले आफ्नै श्रीमती ५६ वर्षीय पार्वती धामीको कोदालो प्रहार गरी घाइते बनाएको र उपचारका क्रममा स्वास्थ्य चौकी लैजाँदा बाटोमै मृत्यु भएको हो। त्यसै क्रममा धामीले दशरथचन्द नगरपालिका ९ घर भएका गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत वर्ष २९ का सुवास कलौनी र डिलासैनी गाउँपालिकाका कार्यालय सहयोगी वर्ष २६ का देवराज भट्ट घाइते भएका हुन् । धामीले बिहिबार बिहान आफ्नो श्रीमतीको कोदालो प्रहार गरी घाइते बनाएको र उपचारका क्रममा स्वास्थ्य चौकी लैजाँदा मृत्यु भएको र डेरा गरी बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार गरी घाइते बनाएका हुन्  धामीले किन कोदालो प्रहार गरे भन्ने बारेमा खुल्न सकेको छैन । कोदालो प्रहारबाट घाइते भएका धामीका श्रीमती र सुवास कलौनी तथा खेमराज भट्टलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लग्ने बेला धामीकी श्रीमतीको बाटोमै मृत्यु भएको हो भने गम्भीर रुपमा घाइते भएका कलौनी र भट्टको थप उपचारका लागि सुर्खेतबाट हेलिकप्टर...

बैतडीमा जिप दुर्घटना : १ को मृत्यु ७ जना घाईते

Image
माघ १६ मंगलबार , बैतडीको दोगडाकेदार गाउँपालिकाको सिल्लेगडाबाट कालागोरा गाउँ जादै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन । मृत्यु हुनेमा वडा नं ८ को कालागाउँ बस्ने १५ वर्षीया मनिसा बिष्ट रहेकी छन् भने घाईते हुनेमा वडा नं ८ का चालक समेत रहेका ३० वर्षीय भुपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया बिरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीया हरिमाया बिष्ट र १७ वर्षीय महेश बिष्ट रहेका छन ।  घ‌ईतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भ‌ईरहेको छ । जिप सडकबाट करिव ५० मि. तल खसेको हो ।   घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक प्रति हार्दिक श्रद्धान्जली र घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना । 

धनगढी नगर प्रमुख हमालको घरमा कालो ब्यानर

Image
 धनगढीका नगर प्रमुख गोपाल हमालको घरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कालो ब्यानर लाईएका छन । सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले चेतावनी पनि दिएका थिए । आज हमालको घरमा कालो ब्यानर टाँसेका हुन् ।  धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे माग पत्र १५ दिने अल्टिमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरू सम्बन्धमा कुनै सुनुवाइ नभएकोले समस्याहरूको समाधानका लागि केही भएनन्’ पत्रकार सम्मेलनमा भनिएको थियो ।  उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताइएको छ ।  ‘

दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस दुर्घटना

Image
माघ ५ शुक्रबार , दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे डे बस दुर्घटनामा परेकाे छ । आज विहान दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे महाकाली यातायातको सुप प्र ०२००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिकाकाे वडानम्बर - ५ काे फाेहाेर सङ्कलन केन्द्र खेट्टेवगरमा दुर्घटना भएको छ । बसमा सवार रहेका १० जना घाइते भएका छन् । दुर्घटनाको थप विवरण आउन बाकी छ ।

नवदुर्गा आयुर्वेदिक मेडिकल हल देहिमाण्डौ बैतडी Navadurga Ayurvedic Dehimandu Baitadi

Image
 हाम्रो यहाँ सम्पुर्ण प्रकारको प्यारालाईसिस पक्षाघात झाड्ड बौवाद गठियावाद, वाथरोग, शारिरिक एवं मानसिक कमजोरी, ग्याष्ट्रिक, मधुमेह, छाला रोग, यौन दुर्वलता, श्वास रोग, दम, रूघा खोकी, ज्वरो, उच्च रक्तचाप, कब्जियत, पत्थरी, पेट फुल्ने, भोक नलाग्ने, महिलाहरुमा अनियमित महिनावारी, सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, कपाल झर्ने, चाया पोतो, डन्डीफोर एवं सौन्दर्यको लागी साथै अन्य आयुर्वेदिक औषधीहरु उपलब्ध रहेका छन् । Navadurga Ayurvedic Medical Hall DCM 2 Dehimandu Baitadi AAHW. Sunit Prasad Bhatt 9865829464

नवदुर्गा आयुर्वेदिक मेडिकल हल देहिमाण्डौ बैतडी Navadurga Ayurvedic Dehimandu Baitadi

Image
 हाम्रो यहाँ सम्पुर्ण प्रकारको प्यारालाईसिस पक्षाघात झाड्ड बौवाद गठियावाद, वाथरोग, शारिरिक एवं मानसिक कमजोरी, ग्याष्ट्रिक, मधुमेह, छाला रोग, यौन दुर्वलता, श्वास रोग, दम, रूघा खोकी, ज्वरो, उच्च रक्तचाप, कब्जियत, पत्थरी, पेट फुल्ने, भोक नलाग्ने, महिलाहरुमा अनियमित महिनावारी, सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, कपाल झर्ने, चाया पोतो, डन्डीफोर एवं सौन्दर्यको लागी साथै अन्य आयुर्वेदिक औषधीहरु उपलब्ध रहेका छन् । Navadurga Ayurvedic Medical Hall DCM 2 Dehimandu Baitadi AAHW. Sunit Prasad Bhatt 9865829464

बादर आतङ्क : पुरै बालीनाली नष्ट: बाली क्षति मा १० हजारसम्म दिने

Image
सुनित भट्ट दनपा ५ बैतडी, बैतडीमा बिगत लामो समय देखि बादरको आतङ्क बडेको छ , खेतमा लगाएको मकै बाली सबै बादरले खाईदिने गरेको र अन्य फलफुल तथा बारीमा लगाएको तरकारी पनि बादरले खाईदिने गरेको छ  मकैबारी दिनको समयमा बादरले खाने र रातको समयमा बदेलले सबै सखाक गरिसकेको छ । लामो समयदेखि बादर धपाउन प्रयास गरेपनि स्थानीय तथा प्रहरिको प्रयास पनि असफाल रहेको छ, केहि समय पहिला बादर लखेटनको लागी लाखौं बजेत छुट्टयाईएको थियो तर केहि सिप चलेन । एकै प्रकारका बादर नभई धेरै प्रकारका र धेरै आक्रामक तथा खतरनाक रहेको बिज्ञहरुले जानकारी र स्थानीयलाई सुझाव दिएका छन थिए । यसरी खेतबारी बादर तथा बदेलले बारी पाक्ने समयमा खाईदिने र नोक्सान गरिदिने हुदा सबै किसान चिन्तित बनेका छन । बादरले बालीनाली मा गरेको क्षतिको राहत बितरण गर्ने निर्देशिका २०८० ल्याएको छ ,जसमा बालीनाली नोक्सान गरेमा नोक्सान गरेको आधारमा १० हजार सम्म राहत दिने भ‌एको छ । निर्देशिका डाउनलोड गर्न :- वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० भनेर गुगलबाट डाउनलोड तथा तलको लिङ्कबाट पनि डाउनलोड गर्न सक्नुहुनेछ -  DOWNLOAD PDF  

अपहरणमा पर्याे भनि उद्धारकाे अपिल गरेका हरिस अवस्थीले स्थानीय डम्बर अवस्थीकाे हत्या

Image
 केही दिन अगाडि अपहरणमा पर्याे भनि उद्धारकाे अपिल गरेका हरिस अवस्थीले स्थानीय डम्बर अवस्थीकाे हत्या गरि सुर्नया-६ काे धुलिधार जंगलकाे एक ओराढका फालेर दबाएकाे स्विकार गरेका थिए । करिब अढाई घण्टाकाे प्रयासपछि प्रहरीले १५ फिट गहिराे ओराढमा रहेकाे शव निकाल्न सफल भएकाे छ । 

फोटो प्रतियोगिता २०७८ - सहभागी हुनुहोस् र जित्नुहोस रु 500

Image
 Tripurasundari वा Ninglashaini मन्दिर अगाडि उभिएको आफ्नो फोटो यसै page को message मा पठाउनुहोस् , तपाईंको फोटो हामीले यसै पेजमा पोष्ट गर्नेछौं र त्यसमध्ये 3 जना जसको फोटोमा धेरै Like र Share आउँछ त्यसले पाउने छ रु . 250 , रु . 150 र रु . 100 को रिचार्ज कार्ड वा ईसेवामा transfer गर्नेछौ । Rules: All Allowed (Tag,share, mention) Sponsored by Jagadamba Ayurvedic Gothalapani / Sunit Bhatt Participant link :  Click hare

त्रिपुरासुन्दरी मन्दिर मा असारे मेला (अषाडीजात) सम्पन्न, फोटो फिचर... तस्विर: सुनित भट्ट

Image