Posts

Gen Z प्रदर्शनमा गोलीकाण्ड: बीबीसी अनुसन्धानले उजागर गर्‍यो आदेशको रहस्य

Image
नेपालमा हजारौं निहत्था युवा प्रदर्शनकारीमाथि घातक गोली चलाउन अनुमति दिने आदेश देशका पूर्व प्रहरी प्रमुखबाट जारी गरिएको थियो भन्ने खुलासा बीबीसी अनुसन्धानले गरेको छ। गत वर्ष सेप्टेम्बर ८ मा काठमाडौंमा मारिएका १९ जनामध्ये एक जना स्कुल पोशाकमै रहेका किशोर पनि थिए। उनी भीडबाट टाढा जाँदै गर्दा टाउकोको पछाडिबाट गोली हानिएको थियो। दर्जनौं अन्य घाइते भएका थिए। भ्रष्टाचारविरुद्धको आक्रोशपछि सुरु भएको ‘Gen Z’ प्रदर्शनले थप विरोध प्रदर्शन निम्त्यायो, जसका कारण भोलिपल्टै प्रधानमन्त्रीको राजीनामा भयो र सरकार ढल्यो। बीबीसी वर्ल्ड सर्भिस टोलीले सेप्टेम्बर ८ को घटनाबारेको आन्तरिक प्रहरी कागजात हेरेको छ। उक्त कागजातमा “Peter 1” भन्ने कल साइन प्रयोग गर्ने व्यक्तिले कर्फ्यु लागू भएको १० मिनेटपछि “आवश्यक बल प्रयोग गर्न” आदेश दिएको उल्लेख छ। स्थलमा रहेका प्रहरीहरूले बारम्बार घातक बल प्रयोग गर्न अनुमति मागेपछि उक्त आदेश दिइएको थियो। स्रोतका अनुसार “Peter 1” नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ थिए। खापुङले आदेश दिएको अस्वीकार गरेका छैनन्, तर नेपाल प्रहरीले भनेको छ कि सुर...

परिवार बेसाहारा बनेपछि युवाको साथ : मृत निर्वाचन प्रहरीका परिवारलाई आर्थिक सहयोग

Image
फागुन ५, बैतडी – बैतडीका मृत निर्वाचन प्रहरीको परिवारलाई युवाहरुले आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। गएको माघ २० गते निधन भएका प्रकाश चन्द का परिवारलाई “हाम्रो अभियान, सेवानै युवाहरुको पहिचान” नामक युवा समूहले संकलन गरेको रकम सोमबार हस्तान्तरण गरेको हो। दशरथचन्द नगरपालिका–४ निवासी चन्दको मृत्युपछि उनका परिवार आर्थिक रूपमा बेसाहारा बनेका थिए। युवाहरुले सञ्चालन गरेको सहयोग अभियानबाट संकलित ३ लाख ३७ हजार ५ सय रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको युवा अभियन्ता दिनेश चन्द ले जानकारी दिनुभयो। अभियानमार्फत संकलित रकम पूर्व वडा अध्यक्ष मोहन बहादुर चन्द मार्फत परिवारलाई हस्तान्तरण गरिएको बताइएको छ। आर्थिक अवस्था कमजोर रहेका प्रकाश चन्द आफ्नो वृद्ध हजुरआमा, आमा, श्रीमती तथा दुई साना बालबालिकाको पालनपोषणका लागि निर्वाचन प्रहरीमा आवद्ध भएका थिए। तालिम सम्पन्न गरी घर फर्किने क्रममा लडेर उनको दुःखद निधन भएको थियो। युवाहरुले कठिन परिस्थितिमा परेको परिवारलाई राहत स्वरूप सहयोग जुटाएको बताएका छन्।

बसबाट खसेर बैतडीमा एक वृद्धको मृत्यु

Image
बैतडी, माघ २९ — बैतडीमा चलिरहेको बसको ढोकाबाट खसेर एक वृद्धको मृत्यु भएको छ। महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२–००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६८ वर्षीय पदमराज भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दशरथचन्द राजमार्ग अन्तर्गत दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित मोडमा बिहीबार साँझ करिब पौने ५ बजेतिर बसको ढोकाबाट खस्दा भट्ट गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तका अनुसार मृतकको टाउकोमा गम्भीर चोट लागेको थियो र कानबाट अत्यधिक रगत बगेको पाइएको छ। सोही कारण उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनापछि बस र बस चालक दशरथ महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बैतडीको दोगडाकेदारमा ईभी हाइस दुर्घटना

Image
शनिवार बैतडी, बैतडीमा ईभी हाइस दुर्घटना भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ अन्तर्गत सिल्लेगडा–बडिया सडकखण्डको घोडधार नजिक शनिबार राति करिब साढे ९ बजे सुप प्र ०२–००१ ज ०६२४ नम्बरको हाइस दुर्घटनामा परेको हो। दुर्घटनामा हाइसका चालक दोगडाकेदार गाउँपालिका–५ निवासी मदन ठगुन्ना घाइते भएका छन्। घाइते ठगुन्नाको अवस्था मध्यम रहेको र उपचारका लागि जिल्ला अस्पताल पठाइएको खोचलेक प्रहरी चौकीका इन्चार्ज जयाराज जोशीले जानकारी दिएका छन्। हाइसमा चालक मात्र सवार रहेको बताइएको छ। दुर्घटनाग्रस्त हाइस सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । स्रोत: कुसलखवर

१४ गते बनारसी धाम मेला: जहाँ दलित - गैरदलित एउटै प्रसादमा जोडिन्छन्

Image
बैतडी: बैतडीको पाटन नगरपालिका ३ गुजर स्थित प्रसिद्ध बनारसी धाम मन्दिरमा माघ १४ गते विशेष पूजाआजा सहित जात्रा तथा मेला आयोजना हुने भएको छ। हरेक वर्ष माघ शुक्ल पक्षको दशमीका दिन लाग्ने यस जात्राको तयारी माघ शुक्ल प्रतिपदादेखि नै सुरु भइसकेको छ। परापूर्वकालदेखि निरन्तर चल्दै आएको यस जात्रामा दलित समुदायका पुजारीद्वारा पूजा सम्पन्न गर्ने परम्परा रहिआएको छ। पूजा सम्पन्न भएपछि सबै समुदायका दर्शनार्थीले दलित पुजारीकै हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने चलन रहेको छ। यस प्रचलनलाई जातीय विभेद अन्त्य र सामाजिक समानताको सशक्त सन्देशका रूपमा लिइन्छ। धार्मिक सहिष्णुता र आपसी सद्भावको उदाहरण मानिने बनारसी धाममा दलित समुदायले पूजा गरेपछि मात्रै देवता प्रसन्न हुने जनविश्वास रहिआएको छ। यही कारणले गैरदलित समुदायका श्रद्धालुहरूले पनि बिना कुनै संकोच पूजा सामग्री चढाउने र प्रसाद ग्रहण गर्ने गर्दछन्। यहाँ दलित र गैरदलितबीच कुनै किसिमको भेदभाव नहुने परम्परा रहेको छ। पुरानो किम्बदन्तीअनुसार द्वापर युगमा खपरे नामक दैत्य र देवताबीच घमासान युद्ध भएको र सोही क्रममा शक्तिशाली देवता बनारसीले दैत्यलाई परा...

शिवनाथ गाउँपालिकाको काखमा बसेको दिव्य शिवधाम : शिवनाथ मन्दिर

Image
 यहाँ, सुदूरपश्चिम बैतडीको हरियाली र पहाडबीच बसेको एक पवित्र स्थान छ—शान्ति, आस्था र पहिचानको केन्द्र। यही ठाउँ हो शिवनाथ गाउँपालिकाको प्रसिद्ध शिवनाथ मन्दिर। हजारौँ वर्ष पुरानो जनश्रुति बोकेर बसेको यो मन्दिर, यहाँका स्थानीयहरूको गर्व र सम्पूर्ण बैतडीको आस्था बनेको छ। स्थानीयहरुको विश्वास छ कि शिवनाथ देव यही ठाउँमा प्रकट भएर मानवकल्याणका धेरै कथा बोकेर बसेका छन्। यही विश्वासले गर्दा गाउँपालिकाको नाम पनि शिवनाथ राखिएको छ। यहाँ आउने प्रत्येक मानिसलाई, चाहे उनी स्थानीय हुन् वा टाढाबाट आएका किन नहोस्, एक अनौठो शान्ति र आध्यात्मिक अनुभूति जागृत हुन्छ। मन्दिरको संरचना परम्परागत पहाडी शैलीमा बनेको छ। ढुङ्गाको प्रयोग, पुरानो काठ, र शान्त वातावरण मिलेर यसलाई अझै पवित्र बनाउँछन्। मन्दिर भित्र प्रवेश गर्दा घन्किने घण्टी, धूपको सुगन्ध, र जल चढाउने भक्तजनको आवाजले वातावरणलाई आध्यात्मिक बनाइदिन्छ। बिहानको पूजा, बेलुकाको आरती, र विशेष गरी शिवरात्रिमा यहाँको भीडले मन्दिरलाई अझै जीवित बनाइरहेको हुन्छ। शिवनाथ मन्दिर केवल धार्मिक केन्द्र मात्र होइन, सामाजिक भेटघाटको पनि मुख्य स्थान हो। यह...

सुर्नया गाउँपालिकामा ३३ दिनदेखि तालाबन्दी जारी, वार्ताका चार चरण निष्फल — जनता बोल्न थाले

Image
बैतडी, कार्तिक २७ — बैतडीको सुर्नया गाउँपालिकामा जारी तालाबन्दी ३३ दिन नाघिसक्दा पनि कुनै समाधान नदेखिएपछि स्थानीयवासीमा आक्रोश बढ्दै गएको छ। जेनजी युवा समूहको अगुवाइमा गत असोज २४ गतेदेखि सुरु भएको तालाबन्दी अझै कायम छ, जसले गाउँपालिकाका सम्पूर्ण प्रशासनिक कार्य ठप्प बनाएका छन्। गाउँपालिकाले मागअनुसार सूचना उपलब्ध नगराएको भन्दै जेनजी समूहले तालाबन्दी थालेको थियो। समूहका अगुवा विशाल भट्टका अनुसार, गाउँपालिकालाई राखिएको ११ बुँदे मागको कार्यान्वयनमा कार्यपालिका एकमत नहुँदा समस्या झन् गहिरिँदै गएको हो। “हामीले जनहितका लागि माग गरेका हौं, तर पालिकाले बेवास्ता गरेको छ,” उनले भने। गत एक महिनाभित्र जेनजी समूह र गाउँपालिका प्रतिनिधिबीच चार पटक औपचारिक वार्ता भए पनि कुनै ठोस निष्कर्ष निकाल्न सकिएको छैन। गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले करार कर्मचारी हटाउने मागका कारण सेवा प्रभावित हुने भन्दै सावधानीपूर्वक कदम चाल्नुपर्ने बताएका छन्। “हामी छलफलमै समाधान खोज्दैछौं, वार्ताबाट निकास निस्कनेमा आशावादी छौं,” उनले भने। यता गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले भने संघीय सरकारले केही कर्म...

शिवनाथ धामको मेलाबाट फर्किँदै गर्दा जीप दुर्घटना — एकको मृत्यु, चार घाइते

Image
शिवनाथ धामको मेलाबाट फर्किने क्रममा बैतडीको मेलौली नगरपालिका–७ स्वाखानीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु र चार जना घाइते भएका छन्। गएराति से १ ज ७३२ नम्बरको बालेरो जीप दुर्घटनामा परेर मेलौली नगरपालिका–२ दुर्गास्थान स्वाडीकी २४ वर्षीया तुलसी पाण्डेयको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा निधन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्सपेक्टर बल्देब बडुले जानकारी दिनुभयो। घाइते हुनेहरूमा जीप चालक दरशथचन्द नगरपालिका–७ सुर्कालका ३२ वर्षीय जनकराज बडु, मेलौली नगरपालिका–२ का ६५ वर्षीय डम्बर पाण्डेय, उनका ३४ वर्षीय छोरा हरि पाण्डेय र २८ वर्षीय छोरा ओमप्रकाश पाण्डेय रहेका छन्। प्रहरीका अनुसार चालक बाहेकका सबै घाइते र मृतक एउटै परिवारका सदस्य हुन्। चालक बडुको टाउकोमा चोट लागेको छ भने अन्य तीन जनाको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ। घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।  जीप सडकबाट करिब १० मिटर तल खसेको थियो । 🚨 सावधानी सूचना: मेलापर्व तथा भीडभाडका समयमा यात्रा गर्दा सवारी साधनमा आवश्यक सावधानी अपनाऔं। चालक र यात्रु दुबैले सतर्कता अपनाए ...

बैतडीको त्रिपुरा सुन्दरी मन्दिरमा कार्तिक जात – १२ र १३ गते Oct 29 and 30

Image
बैतडी,   सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको दशरथचन्द नगरपालिकाको वार्ड नं. ८ मा अवस्थित त्रिपुरा सुन्दरी भगवतीको मन्दिरमा यसवर्ष पनि कार्तिक जात मेला शांतिपूर्वक चल्ने भएको छ ।  मेला दुई दिन अर्थात् १२ र १३ गते लाग्ने (October 29, 30 ) तथा यसमा आसपासका जिल्लाहरु साथै भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरु आउने गर्दछन् । Tripurasundari Temple  मेला कार्यक्रम र विशेष चलन १२ गतेको दिन बिहानैदेखि मन्दिर परिसरमा राँगा एवं बोकाहरु लाई मन्दिर परिसरमा ल्याउने चलन छ । त्यसै दिन साँझ “भराण सवारी” हुने गर्छ। १३ गते दोस्रो दिन कपाडी गाउँ सवारी हुने परम्परा रहेको छ । सोही क्रममा मन्दिरको मुख्य मञ्चमा मांच सवारी संचालन गरिन्छ र अन्त्यमा पुनः “भरण सवारी” पनि गरिन्छ। त्यहि दिन पशुबलि दिइने चलन छ । बलिपश्चात् राँगा दलित वर्गले लग्ने चलन रहेको छ । थप रूपमा, बलि दिइएको राँगासँगै लगिएको बोका (पशु) जसले चढाएको हो, त्यसैले आफैंले लग्ने गर्दछन् । भक्तजनहरुको भीड र सामाजिक महत्त्व यो मेला बैतडी जिल्लाभित्र मात्र नभएर सुदूरपश्चिमका अन्य जिल्लाहरुबाट तथा नेपाल भारत सीमावर्ती क्षेत...

बैतडीमा किशोरीमाथि बलात्कारको आरोपमा युवक पक्राउ

Image
बैतडी — बैतडी जिल्लामा एक किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहारले सोही उमेरकी किशोरीमाथि जबरजस्तीकरणी गरेको अभियोगमा आइतबार पक्राउ गरिएको हो । पीडित किशोरीले आफूलाई जबरजस्तीकरणी गरेको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा उजुरी दर्ता गरेकी थिइन्। उजुरीका आधारमा लुहारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल पक्राउ परेका लुहारमाथि जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

घुस लेनदेनमा विवाद र प्रशासनिक लापरबाहीका कारण ६ वर्षदेखि स्वास्थ्य चौकी भवन निर्माण अलपत्र

Image
बैतडी, दशरथचन्द नगरपालिका–५ सुन्दरघरमा निर्माणाधीन स्वास्थ्य चौकी भवन विगत ६ वर्षदेखि अधुरो अवस्थामा छ। वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको भवन निर्माण कार्य घूससम्बन्धी विवाद, प्राविधिक दबाब र ठेक्का प्रक्रिया सम्बन्धी लापरबाहीका कारण रोकिएको ठेकेदार कम्पनीले दाबी गरेको छ। २०७५/७६ आर्थिक वर्षमा संघीय सरकारले ८० लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण सुरु भएको सो भवनको हालसम्म छत ढलान समेत हुन सकेको छैन। निर्माण कम्पनी बिग बी एण्ड कम्पनी (प्रा.लि.) का सञ्चालक विकास चन्दका अनुसार नगरपालिकाका प्राविधिक र प्रशासनिक पक्षबीच घूस र रकमको विवादका कारण निर्माण कार्य स्थगित भएको हो। > “हामीले गुणस्तरीय भवन निर्माण गर्ने प्रयास गर्दा पनि कार्यालयका केही प्राविधिकहरूले विभिन्न बहानामा तोकिएको रकम बुझाउन दबाब दिएका थिए,” चन्दले नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ। “डर, त्रास र धम्कीपूर्ण व्यवहारका कारण काम अवरुद्ध भएको छ,” पत्रमा भनिएको छ। --- ८० लाख बजेटमध्ये आधा रकम फ्रिज भवन निर्माणका लागि संघीय सरकारले पठाएको ८० लाख रुपैयाँमध्ये ४० लाख रु...

बैतडी दनपा गुरुखोलामा बसको ठक्करबाट महिलाको मृत्यु

Image
बैतडी – दशरथचन्द नगरपालिका–१, गुरुखोला विद्यालय गेट नजिक बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार महाकाली यातायातको (सु.प.प्र ०२००१ ख १०१७) नम्बरको बसले महिलालाई ठक्कर दिएको हो। देहिमाण्डौ मेला हेरी घर फर्किँदै गरेकी महिलालाई सतबाँजबाट देहिमाण्डौ जाँदै गरेको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

देवलहाटको सहस्त्रलिङ्ग मन्दिरमा ११५ केजीको घन्टी चढाउने अभियान सुरु

Image
बैतडी, नेपाल – दशरथचन्द नगरपालिका–४, देवलहाटस्थित दुर्लभ सहस्त्रलिङ्ग मन्दिरमा पहिलोपटक ११५ केजी तौलको ठूलो घन्टी चढाउने अभियान आरम्भ भएको छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले अमूल्य मानिएको यस मन्दिरलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन अभियानले महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ। धार्मिक आस्था र परम्परा साउन महिनाको अन्तिम सोमबार यहाँ नेपाल पञ्चाङ्ग निर्णायक समितिमा दर्ता गरिएको रुद्री अभिषेक पूजा र आजापाठ मेलामा प्रत्येक वर्ष हजारौँ भक्तजन पूजाआजा गर्न आउने परम्परा रहेको छ। हरिद्वार पुग्न नसक्ने भक्तजनका लागि यहाँको शिव कुण्डलाई पवित्र स्नानस्थल मानिन्छ, जहाँ स्नान गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ। साथै, मन्दिर परिसरमा रहेको करिब ५०० वर्ष पुरानो पीपलको रुख धार्मिक ध्यान, आस्था र विश्रामको प्रतीकका रूपमा स्थापित छ। धार्मिक पर्यटनलाई प्रोत्साहन हाल सहज सडक पहुँच उपलब्ध भएकाले सहस्त्रलिङ्ग मन्दिरसम्म पुग्न सजिलो भएको छ। यसले धार्मिक पर्यटनमा थप वृद्धि हुने अपेक्षा गरिएको छ। सहभागिताका उपाय अभियानलाई सफल बनाउन भक्तजन र शुभेच्छुकले ...

बैतडीमा विद्युतीय सवारी दुर्घटना, १० जना घाइते

Image
बैतडी – बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा विद्युतीय सवारी (इभी) दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बैतडीको सुर्नया–७ भञ्ज्याङमा धनगढीबाट पुर्चौंडी हाटतर्फ जाँदै गरेको इभी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। १९ यात्रुमध्ये ८ जना सकुशल छन् भने घाइतेलाई डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। धनगढीबाट पुर्चौंडी हाटतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ०६२० नम्बरको इभी शनिबार दिउँसो करिब २:३० बजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत भञ्ज्याङमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सवारीमा चालकसहित १९ जना सवार रहेका मध्ये ८ जना सकुशल रहेका छन् भने १० जना घाइते भएका छन्। घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, ५ वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद रहेका छन्। त्यस्तै पुर्चौंडी नगरपालिका–४ की १९ वर्षीया कमला धानुक, सोही ठाउँका २२ व...

निङ्गलाशैनी अठसठ्ठीकि जात १४ गते महाअष्टमीको दिन

Image
निंगलासैनी मन्दिर सुदूरपश्चिम नेपालको प्रसिद्ध मन्दिरमध्ये एक हो। यो बैतडी जिल्लाको दशरथचन्द नगरपालिका २ देहिमाण्डौंमा अवस्थित छ। मन्दिर जिल्ला सदरमुकाम भन्दा करिब १२ किलोमिटर अगाडी नै रहेको छ । देहिमाण्डौंको भगवतीलाई निंगलासैनी भगवती मन्दिरको नामले पनि चिनिन्छ। यसका साथै मेलौली भगवती, कपलाशैनी, रणशैनी आदि मन्दिरहरू पनी निकै चर्चित रहेका छन । यो सुदूरपश्चिमको एक प्रमुख धार्मिक र पर्यटकीय गन्तव्य हो। हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने यस मन्दिरमा प्रत्येक वर्ष बडा दशैं, चैते दशैं, अनन्त चतुर्दशी, पूर्णिमा र धान्य पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्छ। अठसठ्ठी कि जात १४ गते.  घटस्थापनादेखि बडा दशैको दिनसम्म यो सञ्चालन भ‌एपनी मुख्य मेला महाअष्टमी को मानिन्छ। अठसठ्ठी जाँतका नामले प्रख्यात यस जाँतमा अष्टमीका दिन कम्तीमा ६८ प्राणीको बलि दिनुपर्ने परम्परा छ । सङ्ख्या नपुग्ने अवस्थामा नरिवल र कुभिण्डोका बलि दिइन्छ । अचेल महाष्टमीका दिन माताको मन्दिरमा हजारौं बोकाहरू र ३/४ सय राँगाहरूको बलि गरिन्छ । टाढाटाढाबाट ल्याएका बोका तथा राँगाहरू कारणबस सो दिन बलि सुरु हुनु ...

दशैं : नेपालीहरूको महान चाड

Image
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र धार्मिक विविधताले भरिएको राष्ट्र हो। यस विविधताबीच पनि दशैं सबै नेपालीको साझा र ठूलो चाडका रूपमा मनाइन्छ। दशैंलाई "विजयादशमी" पनि भनिन्छ। यस पर्वको मूल सन्देश भनेको असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय, अधर्ममाथि धर्मको विजय हो। १. धार्मिक तथा ऐतिहासिक महत्त्व दशैंको मूल जड हिन्दू धर्मसँग सम्बन्धित छ। पुराण अनुसार महिषासुर नामक असुरले देवता र मानवलाई दुःख दिन थालेपछि सबै देवताहरूको शक्तिबाट देवी दुर्गा उत्पन्न भइन्। दुर्गाले नौ दिनसम्म युद्ध गरेर दशौँ दिन महिषासुरलाई वध गरिन्। यही दिनलाई असत्यमाथि सत्यको विजयको प्रतीक मान्दै दशमीका दिन विजयादशमीको रूपमा मनाइन्छ। पर्वका प्रमुख दिनहरू घटस्थापना : घर–घरमा घट राखेर जमरा रोपिन्छ। नवरात्र : नौ दिनसम्म देवी दुर्गाका विभिन्न रूपहरूको पूजा हुन्छ। फूलपाती : सप्तमीका दिन विशेष विधिमा फूलपाती ल्याउने प्रचलन छ। महाअष्टमी : दुर्गा माताको विशेष पूजा, पशुबली दिने चलन अझै कतै कायम। महानवमी : शस्त्रपूजा र दुर्गा भवानीको आराधना। विजयादशमी : घरका जेष्ठले कनिष्ठलाई टिका, जमरा लगाइदिन्छन् र आशी...

सडक‌ सफाई तथा मर्मत नहुदा चाडपर्वमा घर आउनेलाई सास्ती

Image
बैतडी – चाडपर्वको समयमा सडक सञ्जाल हुँदै घर फर्किने यात्रुहरूलाई सडकको दुरावस्था र मर्मतको अभावले ठूलो समस्या परेको छ। बैतडीसहितका ग्रामीण भेगमा सडक बने पनि समयमा सफाई तथा मर्मत नभएकाले धुलो, हिलो र खाल्डाखुल्डीका कारण स्थानीयवासी र यात्रुहरू समान रूपमा सास्ती खेपिरहेका छन्।   यात्रीहरूले लामो यात्रापछि घर पुग्दा चाडपर्वको खुसीभन्दा बढी दुख र पीडा भोग्नु परेको गुनासो गरेका छन्। सडकमा पानी जम्दा हिलो, मर्मत अभावमा सवारीसाधन बिग्रिने अवस्था, दुर्घटना जोखिम बढ्नु, र यात्रामा ढिलाइ हुनु प्रमुख समस्या रहेको छ। स्थानीयवासीले सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराए पनि कुनै ठोस पहल नहुँदा समस्या झनै जटिल बनेको हो। चाडपर्वका बेला विदेश र शहरबाट घर फर्किनेको संख्या बढ्ने भएकाले सडकको अवस्था अझै संवेदनशील हुने चिन्ता छ। समाधानको बाटो स्थानीय तह र सडक विभागले नियमित रूपमा सडक सफाई, ग्राभेल हाल्ने, खाल्डा पुरेर छोटो अवधिका लागि तत्कालीन समाधान दिन सक्ने। दीर्घकालीन समाधानका लागि गुणस्तरीय ढल निकास, नाली व्यवस्थापन, तथा टार्गेट मिलाएर स्तरोन्नति कार्य गर्नुपर्ने। यात्रुहरूको सुर...

Gen Z युवाद्वारा दशरथचन्द नगरपालिकासँग आर्थिक हिसाब र सम्पति विवरण माग्दै निवेदन दर्ता

Image
दशरथचन्द नगरपालिकासँग आर्थिक हिसाब र सम्पति विवरण माग गर्दै स्थानीय युवाद्वारा निवेदन दर्ता  #baitadi4change #genz #Baitadi नेपालका कानुन र कानुनी आधारहरु १. सञ्चो संविधान, सूचना सम्बन्धी अधिकार, र सूचना प्राप्तिको हक ऐन नेपालको संविधान, २०१५ (२०७२) अन्तर्गत सूचना प्राप्तिको अधिकार सुनिश्चित गरिएको छ। संविधानले जनतालाई आफ्नो सरकारबाट सूचना प्राप्ति र पारदर्शिताको अधिकार दिन्छ।  सूचना प्राप्तिको हक ऐन, २०६४ (Right to Information Act, 2007) ले सार्वजनिक निकायहरू (public bodies) लाई सूचना मागे अनुरुप उपलब्ध गराउने दायित्व राखेको छ।  सूचना प्राप्तिको नियमावली, २०६५ ले प्रयोजन, समयावधि, प्रकृया आदि व्याख्या गर्दछ।  सूचना प्राप्तिको ऐनले के–के खुला पार्नुपर्ने भनेर तोकेको छ: सार्वजनिक निकायका आर्थिक सूचना (budget, खर्च, राजस्व आदि) लाई स्वचालित प्रकाशन (proactive disclosure) अन्तर्गत हुनुपर्ने। सार्वजनिक निकायले समय–समयमा अपडेट गरेर विभिन्न सूचना प्रकाशित गर्नुपर्नेछ।  सार्वजनिक निकायका कर्तव्य, काम गर्ने प्रकृया, सेवाहरू, निर्णय गर्ने प्रक्रिया, ज...

दशरथ चन्द नगरपालीकाले गर्नुपर्ने मुख्य सुधारहरू

Image
दशरथ चन्द नगरपालीकाले गर्नुपर्ने मुख्य सुधारहरू राम्रो सँग अध्ययन गरिदिनु होला।  १-बाँझो जग्गा ब्यवस्थापन( बाँदर हरु लाई पनि बाच्ने वातावरण बनाउने - जल्दो,अदुवा, कागती,चुख,ओखर , खुर्सानी,श्रिखण्ड, रुद्राक्ष, जस्तो खेति गर्न सकिन्छ।  २-सामुदायिक बिधालय हरुको सुधार( नैतिक शिक्षा,संस्कृत र पुर्व व्यवसायिक शिक्षा र प्राविधिक शिक्षा )   ३-स्वास्थ्यमा सुधार (बृद्द ,असहायको घरमा नै गएर सेवा दिने सुगर बिपि लगायत का दिर्घकालीन रोगहरू लाई निशुल्क औषधी,योग ,ध्यान तथा आयुर्वेदिक पद्धतिमा स्वास्थ्य सेवा दिने लगायत सम्भव भए सम्म निशुल्क स्वास्थ्य सेवा।  ४-साना तथा घरेलु उद्यम हरु स्थापना ( एक गाउँ एक उत्पादन/उधोग कृषि,तथा स्थानीय उत्पादनको आधारमा PPP model मा ।   ५-पुराना रितिरिवाज, परम्परा ,लोक संस्कृति हरुको संरक्षण प्रबर्द्धन तथा सुधार गर्ने ।  ६-धार्मिक पर्यटकीय स्थलहरू पहिचान गरि एक आपसमा जोड्ने ट्रयाक निर्माण गर्ने।   ७- पुर्वाधार विकासमा अनिवार्य श्रमदान गर्नुपर्ने आवश्यकता र श्रोतको सुनिश्चितता को आधारमा मात्र योजना बनाउने ,योजना सम्पन्न भएको३...

बैतडीमा बुधबार जीप दुर्घटना, १२ घाईते ३ गम्भीर

Image
बैतडीको दशरथचन्द नगरपालिका–४ शाहीलेक नजिक बुधबार दिउँसो करिब ३ बजे उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। गोठलापानीबाट खोड्पे जाँदै गरेको जीप गोठलापानीबाट १.४ कि.मि अगाडी इश्वरीगंगा जाने बाटोको पिपलबोटनिर दुर्घटनामा परेको हो। घाइतेमध्ये दशरथचन्द–११ की हरिना जोशी, दशरथचन्द–६ का अर्जुन महर (गम्भीर), धिरेन्द्र खत्री, लक्ष्मण नाथ, भुपेश जोशी, पुर्चौडी–४ की हिरा भट्ट, पुर्चौडी–५ का रिकेश पार्की, दिनेश पार्की (गम्भीर), जनक भट्ट, पाटन–९ का कबिराज भट्ट (गम्भीर), जनक भट्ट र पाटन–३ का डम्मर दत्त भट्ट रहेका छन्। चालक रोसन भट्ट सहित १३ जनामध्ये घाइते सबैलाई जिल्ला अस्पताल बैतडीमा उपचार भ‌ईरहेको छ। तीन जनाको अवस्था गम्भीर छ भने बाँकीको सामान्य रहेको प्रहरीको भनाइ छ। click hare for video click hare

Sunit Bhatt

Image
Sunit Bhatt (Nepali: सुनित भट्ट, full name: Sunit Prasad Bhatt) is a Nepali Ayurvedic health worker, digital content creator, and YouTuber based in Baitadi district, Sudurpashchim Province, Nepal. He is known for his service in traditional medicine and his growing influence on YouTube and Facebook, where he creates and shares educational, spiritual, and cultural content. As a young entrepreneur and social helper, he has become a respected figure in his local community. Early Life and Education: Sunit Bhatt was born on Asar 27, 2055 B.S.( 11 July 1998) in Baitadi, a hilly district in western Nepal. He completed his School Leaving Certificate (SLC) in 2071 B.S., followed by a Bachelor’s degree in Management in 2078 B.S. During his undergraduate years, he also pursued and completed training in Ayurveda(Vaidhha), developing a deep interest in traditional health care and natural healing systems. Career in Ayurveda: Sunit Bhatt began working in the Ayurvedic field in 2077 B.S. and has si...

Sunit Bhatt - Health Worker and Youtuber from Baitadi

Image
Sunit Bhatt – Health Worker & YouTuber from Baitadi Introduction: Sunit Bhatt is a dedicated health worker and content creator based in Baitadi, Nepal. With years of experience in providing healthcare through his medical practice, he is committed to serving the people with Ayurvedic and general health consultations. Profession: Sunit runs a medical shop where he treats patients and advises them with the right medicines and health tips, especially based on Ayurvedic knowledge. His aim is to reach remote communities and ensure they have access to affordable and effective health services. YouTube Journey: Alongside his health profession, Sunit is also a passionate YouTuber. Through his channel SB7 Official, he creates and shares educational content related to: Health awareness Ayurvedic remedies Religious and cultural traditions of Nepal Local festivals and spiritual practices Vision: “My goal is to improve people’s lives by providing both medical services and valuable in...

निङ्ग‌लासैनी भगवती मन्दिरको ईतिहास, उत्पत्ति, अनुश्रुतिमूलक कथा र पूजाविधिको परम्परा

Image
 निङ्ग‌लासैनी भगवती बैतडीको दशरथचन्द न.पा.को उपल्लो स्वराडकी देवीका विभिन्न स्वरुपहरूमध्ये देहिमाण्डौंकी निङ्गलासैनी माता पनि एक प्रख्यात भगवती हुन् । देहिमाण्डौंमा निङ्गलाको झाङभित्र देवीको फुटलिङ्ग गाथ (शिला) भएको हुनाले यिनलाई निङ्गलासैनी माताका नामले शक्तिपीठको रूपमा पुज्ने गरिएको छ । यहाँ प्रत्येक महिनाको स‌ङ्क्रान्ति, पूर्णिमा, चैतेदशैं (दशमी), भाद्र चर्तुदशी, आश्विन बडादशैं, पुसको औंशी तथा पूर्णिमामा मेला र पूजा हुन्छ । जीतसिंह भण्डारीका अनुसार यहाँ बाहिरी रेखदेख गर्ने कार्य बोहरा र पुजाराले गरेका छन् भने भित्री गाथमा पण्डा (पालिका भट्ट, सुते गाडी भट्ट, बोग्गाई भट्ट र अरल्या भट्ट) ले पुज्ने प्रचलन रहिआएको छ । देवीको डोला (सिंहासन) पण्डा र भण्डारीहरूले भण्डार घरमा लगिराख्ने र ल्याउने परम्परा अहिलेसम्म यथावत् छ । यस्तै अन्य थरी धामी, रावत, थलाल, आदिहरूले पनि मन्दिरमा आ-आफ्नो कार्य यथावत् गरिराखेका छन् । निङ्गलासैनी भगवतीको काला खामका मुखिया बोहरा हुन् (सम्पादन)। "भागेश्वर देउता र नौ बैनी भगवती" भनी ढोलगें ठाडा खेलमा यी निङ्गलासैनीलाई भागेश्वर देउताकी सबैभन्दा जेठी बहिनी ...

बैतडीमा एकजना पुरुषलाई बेपत्ता पारी हत्या गरेको आरोपमा एकजना महिला पक्राउ

Image
असार ३ बैतडी::: बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा एकजना पुरुषलाई बेपत्ता पारी हत्या गरेको आरोपमा एकजना महिलालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।  वडा नम्बर ६ का ट्रक चालक रहेका वर्ष ४५ का वीरभान बिष्टलाई पुरुषहरूको समूह बनाएर हत्या गरेको आरोपमा सोही वडाकी २६ वर्षीय शिक्षिका भागरती बिष्टलाई पक्राउ गरिएको छ।  गएको असार १ गतेदेखि वीरमान बिष्टलाई बेपत्ता पारेको भन्दै ३ गते सोमबार वीरबानका भाइले इलाका प्रहरी कार्यालय पाटनमा निवेदन दिएका थिए।  प्रहरीले सबैतिर सुरक्षाकर्मी परिचालन गरी खोजीकार्य भइरहेको अपडेट आएको छ।  आफन्तका अनुसार ती महिलाले केही पुरुषहरूको समूह बनाएर हत्या गराएको आफन्तको आरोप रहेको छ। र केही नामहरू प्रहरीलाई दिइएको र फरार रहेका पुरुषहरूको खोजी कार्य भइरहेको समाचारमा उल्लेख गरिएको छ । स्थानीयहरूले दोषीलाई कारबाही गर्नका लागि इलाका प्रहरी कार्यालय पाटन घेराउ गरी सडक आन्दोलनको तयारी तयारी रहेको आफन्तले बताए।   यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गोठलापानीबाट झुलाघाट जादै गरेको जिप दुर्घटनामा मृत्यु तथा घाईते सबैको परिचय खुल्यो

Image
जेठ १६ बैतडी, मृत्यु हुनेमा बैतडीको दाेगडाकेदार गाउँपालिका ६ सित्तड माइत भइ भारतकाे पिथाैरागढ घर भएकी २१ वर्षीया मिना जाेशी रहेकी छन्। मिनाकाे जिल्ला अस्पताल बैतडीमा मृत्यु भएकाे हाे। यस्तै घाइते हुनेहरूमा मृतक मिनाका श्रीमान ३० निरज भट्ट, दशरथचन्द नगरपालिका ६ गाजरी ४५ वर्षीया जानकी चुनारा , मेलाैली नगरपालिका २ का ७६ वर्षीय कृष्णबहादुर चन्द,पुर्चाैडी नगरपालिका ५ कुवाकाेटकी २८ वर्षीया निरा कुँवर,दशरथचन्द नगरपालिका १० का २८ वर्षीय ललितराम टमटा, साेही ठाउँका ३० वर्षीया निर्मला टमटा, निर्मलाका छाेरा ८ वर्षीय कार्तिक टमटा, दशरथचन्द नगरपालिका २ देहिमाडाैं माइत भएर भारतकाे पिथाैरागढ घर भएकी २४ वर्षीया रतना काेहरा र रतनाका श्रीमान २६ वर्षीय किसन काेहरा रहेका छन् । २ बजे झुलाघाटतर्फ जाँदै गरेको सुपप्र ०१-०० १ ज १५०० नम्बरको जिप दशरथचन्द नगरपालिका-१०, आदरपिण्डमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर एकजनाको मृत्यु भएको र आठजना घाइते भएका छन्।   दुर्घनापछि जिप चालक दार्चुलाको लेकम गाउँपालिका –३, का ३१ वर्षीय भुवन टमाटा फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीको भनाइ...

बैतडीमा कोदालो प्रहार गरी १ जनाको हत्या र २ जना घाइते

Image
चैत्र ८, बैतडी - बैतडीमा १ जनाले आफ्नै श्रीमतीको कोदालो प्रहार गरी हत्या गरेका छन्। डिलासैनी गाउँपालिका वडा नम्बर ७ धामी गाउँका वर्ष ६२ का किषन सिंह धामीले आफ्नै श्रीमती ५६ वर्षीय पार्वती धामीको कोदालो प्रहार गरी घाइते बनाएको र उपचारका क्रममा स्वास्थ्य चौकी लैजाँदा बाटोमै मृत्यु भएको हो। त्यसै क्रममा धामीले दशरथचन्द नगरपालिका ९ घर भएका गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत वर्ष २९ का सुवास कलौनी र डिलासैनी गाउँपालिकाका कार्यालय सहयोगी वर्ष २६ का देवराज भट्ट घाइते भएका हुन् । धामीले बिहिबार बिहान आफ्नो श्रीमतीको कोदालो प्रहार गरी घाइते बनाएको र उपचारका क्रममा स्वास्थ्य चौकी लैजाँदा मृत्यु भएको र डेरा गरी बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार गरी घाइते बनाएका हुन्  धामीले किन कोदालो प्रहार गरे भन्ने बारेमा खुल्न सकेको छैन । कोदालो प्रहारबाट घाइते भएका धामीका श्रीमती र सुवास कलौनी तथा खेमराज भट्टलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लग्ने बेला धामीकी श्रीमतीको बाटोमै मृत्यु भएको हो भने गम्भीर रुपमा घाइते भएका कलौनी र भट्टको थप उपचारका लागि सुर्खेतबाट हेलिकप्टर...