Posts

Showing posts from January 30, 2024

बैतडीमा जिप दुर्घटना : १ को मृत्यु ७ जना घाईते

Image
माघ १६ मंगलबार , बैतडीको दोगडाकेदार गाउँपालिकाको सिल्लेगडाबाट कालागोरा गाउँ जादै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन । मृत्यु हुनेमा वडा नं ८ को कालागाउँ बस्ने १५ वर्षीया मनिसा बिष्ट रहेकी छन् भने घाईते हुनेमा वडा नं ८ का चालक समेत रहेका ३० वर्षीय भुपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया बिरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीया हरिमाया बिष्ट र १७ वर्षीय महेश बिष्ट रहेका छन ।  घ‌ईतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भ‌ईरहेको छ । जिप सडकबाट करिव ५० मि. तल खसेको हो ।   घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक प्रति हार्दिक श्रद्धान्जली र घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना ।