Posts

Showing posts from May 29, 2024

गोठलापानीबाट झुलाघाट जादै गरेको जिप दुर्घटनामा मृत्यु तथा घाईते सबैको परिचय खुल्यो

Image
जेठ १६ बैतडी, मृत्यु हुनेमा बैतडीको दाेगडाकेदार गाउँपालिका ६ सित्तड माइत भइ भारतकाे पिथाैरागढ घर भएकी २१ वर्षीया मिना जाेशी रहेकी छन्। मिनाकाे जिल्ला अस्पताल बैतडीमा मृत्यु भएकाे हाे। यस्तै घाइते हुनेहरूमा मृतक मिनाका श्रीमान ३० निरज भट्ट, दशरथचन्द नगरपालिका ६ गाजरी ४५ वर्षीया जानकी चुनारा , मेलाैली नगरपालिका २ का ७६ वर्षीय कृष्णबहादुर चन्द,पुर्चाैडी नगरपालिका ५ कुवाकाेटकी २८ वर्षीया निरा कुँवर,दशरथचन्द नगरपालिका १० का २८ वर्षीय ललितराम टमटा, साेही ठाउँका ३० वर्षीया निर्मला टमटा, निर्मलाका छाेरा ८ वर्षीय कार्तिक टमटा, दशरथचन्द नगरपालिका २ देहिमाडाैं माइत भएर भारतकाे पिथाैरागढ घर भएकी २४ वर्षीया रतना काेहरा र रतनाका श्रीमान २६ वर्षीय किसन काेहरा रहेका छन् । २ बजे झुलाघाटतर्फ जाँदै गरेको सुपप्र ०१-०० १ ज १५०० नम्बरको जिप दशरथचन्द नगरपालिका-१०, आदरपिण्डमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर एकजनाको मृत्यु भएको र आठजना घाइते भएका छन्।   दुर्घनापछि जिप चालक दार्चुलाको लेकम गाउँपालिका –३, का ३१ वर्षीय भुवन टमाटा फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीको भनाइ...