देशभर बर्षा .... बैतडीमा पनि प्रभाव
बैतडी, २८ असार । लगातारको वर्षाका कारण बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्घ भएको छ । खोड्पे – मोतीनगर सडकखण्डअन्तर्गत पाटन नगरपालिका– ८ झौलेक नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्घ भएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । पहिराले सडक अवरुद्घ हुँदा बझाङबाट काठमाडौँ, कञ्चनपुर, कैलाली र बैतडीका लागि छुटेका सवारी साधन बन्द भएका छन् । सडक अवरुद्घ भएपछि बझाङका लागि छुटेका गाडी तथा यात्रु पनि बीच बाटामै अलपत्र परेका छन् । अवरुद्घ सडक खुलाउन प्रयास भइरहे पनि ठूलो पहिरो भएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । सडक डिभिजन कार्यालय पाटनबाट पहिरो पन्छाउने काम भइरहेकाले साँझसम्म सडक पुनः सञ्चालन हुन सक्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको तमैल बजार नजिक जाल्याबगरमा पहिरो जाँदा त्यहाँ पनि सडक अवरुद्घ भएको बताइएको छ । यसैबीच बैतडी, देहिमाण्डौँदेखि गिरेगडा सडक पनि अवरुद्घ भएको छ । उक्त सडक फराकिलो गर्ने काम भइरहेकाले अवरुद्घ भएको से १ ज १३२ जिपका चालक शिवराज जोशीले जानकारी दिनुभयो । उक्त सडकको...