देशभर बर्षा .... बैतडीमा पनि प्रभाव

बैतडी, २८ असार । लगातारको वर्षाका कारण बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्घ भएको छ । 

खोड्पे – मोतीनगर सडकखण्डअन्तर्गत पाटन नगरपालिका– ८ झौलेक नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्घ भएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । पहिराले सडक अवरुद्घ हुँदा बझाङबाट काठमाडौँ, कञ्चनपुर, कैलाली र बैतडीका लागि छुटेका सवारी साधन बन्द भएका छन् । 

सडक अवरुद्घ भएपछि बझाङका लागि छुटेका गाडी तथा यात्रु पनि बीच बाटामै अलपत्र परेका छन् । अवरुद्घ सडक खुलाउन प्रयास भइरहे पनि ठूलो पहिरो भएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । 

सडक डिभिजन कार्यालय पाटनबाट पहिरो पन्छाउने काम भइरहेकाले साँझसम्म सडक पुनः सञ्चालन हुन सक्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको तमैल बजार नजिक जाल्याबगरमा पहिरो जाँदा त्यहाँ पनि सडक अवरुद्घ भएको बताइएको छ । 

यसैबीच बैतडी, देहिमाण्डौँदेखि गिरेगडा सडक पनि अवरुद्घ भएको छ । उक्त सडक फराकिलो गर्ने काम भइरहेकाले अवरुद्घ भएको से १ ज १३२ जिपका चालक शिवराज जोशीले जानकारी दिनुभयो । उक्त सडकको ढकासदेखि सैनीखानसम्म फराकिलो पार्ने काम भइरहेको छ । 
उक्त सडक हिलाम्ये हँुदा पैदल यात्रुलाई हिँड्न समस्या भएको स्थानीयवासी प्रकाश जोशीले जानकारी दिनुभयो । बैतडीका अन्य गामीण कच्ची सडक पनि अवरुद्घ भएका छन् । 

विद्यार्थीलाई समस्या 

डिलाशैनीमा पहिराबाट बाटो अवरुद्घ हुँदा विद्यार्थीलाई समस्या भएको छ । डिलाशैैनी गाउँपालिका– १ कोटपेटराको जुकानी भन्ने ठाउँमा पहिरो जाँदा विद्यार्थीलाई समस्या भएको स्थानीयवासी रवीन्द्र धामीले जानकारी दिनुभयो । बाटो अवरुद्घ भएपछि मण्डेश्वरी माविका विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ । विद्यार्थीको त्रैमासिक परीक्षा चलिरहेको र बाटो अवरुद्घ हुँदा तिनले परीक्षा दिन समेत नपाएको उहाँले बताउनुभयो । 

जुकानीमा पुरानो ठूलो पहिरो रहेकाले हालको लगातारको झरीका कारण पुनः खस्न थालेको हो । पहिराका कारण डिलाशैनी – १ का दुनी, पारिखेत, लेक, सिराड र ननरगाड तथा वडा नं २ पन्तौडाका बासिन्दालाई आवतजावत गर्न समेत समस्या भएको बताइएको छ । यस्तै लगातारको वर्षाका कारण सुर्नया गाउँपालिका– ७ का किसानले लगाएको मकैबाली ढलेर नष्ट भएको स्थानीयवासी राकेश मडैले जानकारी दिनुभयो । 


विद्युत् सेवा अवरुद्घ 

वर्षाका कारण बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्घ भएको छ । आइतबारदेखि अवरुद्घ भएको विद्युत् सेवा तीन दिनसम्म पनि सुचारु नहँुदा समस्या भएको छ । तीन दिनदेखि विद्युत् सेवा अवरुद्घ हुँदा मोबाइल चार्ज गर्न समेत समस्या भएको दशरथचन्द नगरपालिका– १ गुरुखोलाका मिलन टेरले जानकारी दिनुभयो । 
विद्युत् सेवा अवरुद्घ भएपछि बढीजसो सञ्चारमाध्यमलाई समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले कैलालीको फल्टुडेमा ६६ केभी प्रसारण लाइनमा क्षति भएकाले विद्युत् पुनःसञ्चाबताउनुभयो 

Comments

Popular posts from this blog

निङ्ग‌लासैनी भगवती मन्दिरको ईतिहास, उत्पत्ति, अनुश्रुतिमूलक कथा र पूजाविधिको परम्परा

गोठलापानीबाट झुलाघाट जादै गरेको जिप दुर्घटनामा मृत्यु तथा घाईते सबैको परिचय खुल्यो

बैतडीमा कोदालो प्रहार गरी १ जनाको हत्या र २ जना घाइते