Posts

Showing posts from June 17, 2024

बैतडीमा एकजना पुरुषलाई बेपत्ता पारी हत्या गरेको आरोपमा एकजना महिला पक्राउ

Image
असार ३ बैतडी: बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा एकजना पुरुषलाई बेपत्ता पारी हत्या गरेको आरोपमा एकजना महिलालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।  वडा नम्बर ६ का ट्रक चालक रहेका वर्ष ४५ का वीरभान बिष्टलाई पुरुषहरूको समूह बनाएर हत्या गरेको आरोपमा सोही वडाकी २६ वर्षीय शिक्षिका भागरती बिष्टलाई पक्राउ गरिएको छ।  गएको असार १ गतेदेखि वीरमान बिष्टलाई बेपत्ता पारेको भन्दै ३ गते सोमबार वीरबानका भाइले इलाका प्रहरी कार्यालय पाटनमा निवेदन दिएका थिए।  प्रहरीले सबैतिर सुरक्षाकर्मी परिचालन गरी खोजीकार्य भइरहेको अपडेट आएको छ।  आफन्तका अनुसार ती महिलाले केही पुरुषहरूको समूह बनाएर हत्या गराएको आफन्तको आरोप रहेको छ। र केही नामहरू प्रहरीलाई दिइएको र फरार रहेका पुरुषहरूको खोजी कार्य भइरहेको समाचारमा उल्लेख गरिएको छ । स्थानीयहरूले दोषीलाई कारबाही गर्नका लागि इलाका प्रहरी कार्यालय पाटन घेराउ गरी सडक आन्दोलनको तयारी तयारी रहेको आफन्तले बताए।   यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।