माघे संक्रान्ती किन मनाईन्छ??
![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgWX-JvK2dPRh4V3uYXjxsap41V2uGRHIqZZA1XQoRnxb52YriHqGwaANd_pwfPTERVuZgNWXJEkI1eB8eMEzltr1E7K1I_k_Z48PrVifHKfOkr1eVBMsgYBhxbUsGukBFcvUwUrJKIcyPL/s320/PicsArt_01-15-10.59.00.png)
सुनित भट्ट, बैतडी, सनातन सस्कारका लगभग सबै चाडपर्वहरु चन्द्रमाको मान अनुसार लुनार क्लालेण्डरमा आधारित छ तर माघे सक्रन्ति यस्तो चाड हो जसमा चन्द्रमाको मान भन्दा पनि सूर्यको अवस्थिती हेरेर तय गरिन्छ । सूर्य २३ दशमलव ५ डिग्रीको कोणमा ढल्केको छ, यसरी घुम्दा हरेक दिनझैं केही न केही मात्रामा सूर्यका किरणहरु घट्ने हुँदै दक्षिणतर्फको उच्चतम बिन्दुमा पुग्दछ । एवं रितले पूनः दक्षिणको उच्चतम बिन्दुवाट उत्तरतर्फ सूर्यले यात्रा तय गर्दछ र प्रतिदिन किरणहरु हुर्कदै जान्छन् । यसरी दक्षिणतर्फको उच्चतम बिन्दुमा पुगेपछि उत्तर तर्फको यात्रा शुरु हुनलाई उत्तरायण भनिन्छ । उत्तरायण शुरु हुने दिनलाई विन्टर सोलिसिट्स भनिन्छ, सामान्यतया २१ डिसेम्बरलाई विन्टर सोलिसिट्स भनिएपनि हिन्दु सस्कारमा भने मकर सक्रान्तिबाट मात्र उत्तरायण शुरु हुने बताइन्छ । पृथ्वीको एकसेल प्रिसेसनका कारणले हरेक ७० बर्षमा एक दिन उत्तरायणको समय अघि सर्दछ, तसर्थ हिँउदको जर्जियन सोलिसिट्स २१ डिसेम्बर भएपनि लुनार क्यालेण्डरमा मकर सक्रान्तिलाइ नै उत्तरायणको शुरुवात मानिन्छ । भारतमा भने हरेक बर्षको जनवरि १४ लाई यस सक्रान्ति मनाउने चलन छ । ...