माघे संक्रान्ती किन मनाईन्छ??

सुनित भट्ट, बैतडी,  सनातन सस्कारका लगभग सबै चाडपर्वहरु चन्द्रमाको मान अनुसार लुनार क्लालेण्डरमा आधारित छ तर माघे सक्रन्ति यस्तो चाड हो जसमा चन्द्रमाको मान भन्दा पनि सूर्यको अवस्थिती हेरेर तय गरिन्छ । सूर्य २३ दशमलव ५ डिग्रीको कोणमा ढल्केको छ, यसरी घुम्दा हरेक दिनझैं केही न केही मात्रामा सूर्यका किरणहरु घट्ने हुँदै दक्षिणतर्फको उच्चतम बिन्दुमा पुग्दछ । एवं रितले पूनः दक्षिणको उच्चतम बिन्दुवाट उत्तरतर्फ सूर्यले यात्रा तय गर्दछ र प्रतिदिन किरणहरु हुर्कदै जान्छन् । यसरी दक्षिणतर्फको उच्चतम बिन्दुमा पुगेपछि उत्तर तर्फको यात्रा शुरु हुनलाई उत्तरायण भनिन्छ । उत्तरायण शुरु हुने दिनलाई विन्टर सोलिसिट्स भनिन्छ, सामान्यतया २१ डिसेम्बरलाई विन्टर सोलिसिट्स भनिएपनि हिन्दु सस्कारमा भने मकर सक्रान्तिबाट मात्र उत्तरायण शुरु हुने बताइन्छ । पृथ्वीको एकसेल प्रिसेसनका कारणले हरेक ७० बर्षमा एक दिन उत्तरायणको समय अघि सर्दछ, तसर्थ हिँउदको जर्जियन सोलिसिट्स २१ डिसेम्बर भएपनि लुनार क्यालेण्डरमा मकर सक्रान्तिलाइ नै उत्तरायणको शुरुवात मानिन्छ । भारतमा भने हरेक बर्षको जनवरि १४ लाई यस सक्रान्ति मनाउने चलन छ । नेपाली सक्रान्तिका हिसाबले हाम्रो र भारतको मकर सक्रान्तिमा १ दिनको थपघट हुने संभावना हुन्छ । 

तसर्थ मकर सक्रान्तलाई केवल सस्कारमात्र नभई गणित अनि ज्यामीतिको पनि उत्सर्ग मानिन्छ । आजभन्दा हजार बर्ष पहिले माघे सक्रान्ति शायद डिसेम्बर महिनाको अन्तमा मनाइने चलन थियो होला भन्ने खगोलिय अध्यनहरुले देखाँउदछ । अबको ५० बर्षपछि भने माघे सक्रन्तिहरु १५ नत्र १६ जनवरिमा पर्ने बताइन्छ । 

माघे सक्रान्तिको दिनबाट सूर्य मकर राशिमा प्रवेश गर्दछ र यस दिन भने दिन र रात बराबर हुने बताइन्छ । अब मकर सक्रान्ति पछि भने दिन लामो हुन्छ भने रात छोटो हुन थाल्दछ । मकर सक्रान्तिलाई हिँउदको बिदाईका रुपमा लिइने चलन छ, अब सूर्यका किरणहरु हुर्कदै जाने अनि दिन लामा हुँदै जाने गर्दछन् । एकदिन भगवान शिवले नन्दीलाई पृथ्वीलोकमा जाउ, हरेक दिन नुहाउ अनि महिनाको एक पटक मात्र भोजन गर भनेर आज्ञा दिनुहुन्छ । तर नन्दीले भने उल्टो बुझ्दछन र दिनमा एकपटक भोजन गर र महिनामा एकफेर नुहाउ भनि बुझ्दछन् । शिव रिसाएर नन्दीलाई पृथ्वीलोकमा गएर किसानहरुलाई कृषी गर्न र हलो जोत्न मद्धत गर्न आज्ञा दिन्छन् । यसरी नन्दीले पृथ्वी लोकमा गोरुका रुपमा आगमन गरेको पनि यसै दिन हो भन्ने प्राचीन बिश्वास छ । किबंदन्ती जेसुकै भएपनि आजसम्म पनि हलो जोत्ने गोरुलाई भगवानको उपहार अनि बाहन स्वरुपमा बिभिन्न तिथी अनि चाडमा सनातन सस्कारमा पूजा अर्चना गरिन्छ । मकर सक्रान्तिकै दिन पवित्र गंगा गएर समुन्द्रमा मिलेको बिश्वास गरिन्छ, यसै कारणले पनि गंगा किनारमा यस दिन भक्तालुहरुको बिशेष भीड रहन्छ । आजको दिन नदिनालामा स्नान गर्नाले पापमोचन हुने र पुण्य मिल्ने बिश्वास गरिन्छ । 

आज बाट सुर्य उत्तरायणमा प्रवेश गर्ने बताइन्छ, महाभारतमा भिष्म पनि उत्तरायण लागेपछि मात्र शरीर त्यागेर इच्छा मृत्यू लिएको मानिन्छ । उत्तरायण लाई अत्यन्त पवित्र पक्षका रुपमा लिइन्छ, मुख्यतया उत्तरायणमा मृत्यू भएका भने मोक्ष प्राप्त हुने बिश्वास धेरैले लिएका हुन्छन् । महाभारतका भीष्म लगायत बिष्णु स्वयमले पनि उत्तरायण कुरेरै प्राण त्याग गरेको पनि बताइन्छ । तील अनि गुण, सख्खरहरु न्यानो अनि तातो खुराक हुन र जाडोमा पर्ने मकर सक्रान्तिमा यि खानेकुरा खाएमा स्वास्थ राम्रो हुने गर्दछ । 

नेपालमा भने मकर सक्रान्तिका दिनमा तील, भूजा अर्थात मुरही, चिउरा लगायतका कुराहरुको लड्डु खाने चलन मात्र नभई तरुल, सख्खरखण्ड लगायतका जमिनमुनी फल्ने जराजन्य तरकारीहरु पकाएर अनि उसिनेर खाने चलन पनि छ । घरमा ज्वाँई पाहुना बोलाउने, करकुटुम्भ छरछिमेक निम्तो दिने, मीठो मसिनो खाने चलन यस दिनको बिशेष रौनक हो । तिहार सकेसंगै चाडपर्वहरुको लर्को समापन भएको छ, मकर सक्रान्ति धेरै समयपछिको चाडको आगमन हो । 

यस चाडको सबैलाई शुभकामना । 

हाम्रो पात्रोबाट - सुनित भट्ट

Comments

Popular posts from this blog

निङ्ग‌लासैनी भगवती मन्दिरको ईतिहास, उत्पत्ति, अनुश्रुतिमूलक कथा र पूजाविधिको परम्परा

गोठलापानीबाट झुलाघाट जादै गरेको जिप दुर्घटनामा मृत्यु तथा घाईते सबैको परिचय खुल्यो

बैतडीमा कोदालो प्रहार गरी १ जनाको हत्या र २ जना घाइते