बैतडीमा विद्युतीय सवारी दुर्घटना, १० जना घाइते
बैतडी – बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा विद्युतीय सवारी (इभी) दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बैतडीको सुर्नया–७ भञ्ज्याङमा धनगढीबाट पुर्चौंडी हाटतर्फ जाँदै गरेको इभी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। १९ यात्रुमध्ये ८ जना सकुशल छन् भने घाइतेलाई डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। धनगढीबाट पुर्चौंडी हाटतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ०६२० नम्बरको इभी शनिबार दिउँसो करिब २:३० बजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत भञ्ज्याङमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सवारीमा चालकसहित १९ जना सवार रहेका मध्ये ८ जना सकुशल रहेका छन् भने १० जना घाइते भएका छन्। घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, ५ वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद रहेका छन्। त्यस्तै पुर्चौंडी नगरपालिका–४ की १९ वर्षीया कमला धानुक, सोही ठाउँका २२ व...