बैतडीमा हावाहुरीले वडा कार्यालयदेखि विद्यालय र घरसम्म प्रभावित
बैतडी, वैशाख २०, आईतबार दिउँसो करिब २:३० बजे आएको तीव्र हावाहुरी र वर्षाले बैतडी जिल्लाका विभिन्न स्थानमा व्यापक भौतिक क्षति पुर्याएको छ। हावाहुरीका कारण वडा कार्यालय, विद्यालय, पसल तथा स्थानीय बासिन्दाका घरहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ। डोगडाकेदार गाउँपालिका ८ मा रहेको वडा कार्यालयको छाना (जस्ता) उडाएर क्षति पुर्याएको जानकारी वडा अध्यक्ष महेन्द्र बहादुर बिष्टले दिएका छन्। उक्त घटनापछि प्रहरी चौकी खोचलेकबाट प्रहरी सहायक निरीक्षक धवल सिंह महराको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको छ। AI generated photo यसैगरी, सिगास गाउँपालिका १ मा स्थानीय हरि भट्टको पसलको छाना उडाउँदा क्षति पुगेको छ। सो घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी गाँजरीबाट प्रहरी टोली परिचालन गरिएको छ। हावाहुरीकै कारण डोगडाकेदार गाउँपालिका ३ स्थित जसलिङ्ग आधारभूत विद्यालयमा पनि ठूलो क्षति पुगेको छ। विद्यालयको जस्ता करिब ५०० मिटर तल उडेर गइरहेको छ भने भित्र रहेका किताब, रजिस्टर, फाइल लगायतका शैक्षिक सामग्रीहरूमा क्षति पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण दत्त कपाडीले जानकारी दिएका छन्।...