धनगढी नगर प्रमुख हमालको घरमा कालो ब्यानर
![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi4kokhZXuVN0bbRQA8dt1ZrtM0NCAgA9YrfPwBwN236uxGoORSbhGgLpKXpMKlI-tvtlBj5T71XDHlD3b2-_QnB8FNZ12RRHrcGKveh6BNfsqVWwkoO5blZgsuJHmnr2k0Hy6y2vIiYX6986FFtsnI1JsXXtQKM9peJG1EF0eIR4XtJjuhJUe1wapNZiEe/w640-h365/IMG_20240124_181951.jpg)
धनगढीका नगर प्रमुख गोपाल हमालको घरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कालो ब्यानर लाईएका छन । सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले चेतावनी पनि दिएका थिए । आज हमालको घरमा कालो ब्यानर टाँसेका हुन् । धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे माग पत्र १५ दिने अल्टिमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरू सम्बन्धमा कुनै सुनुवाइ नभएकोले समस्याहरूको समाधानका लागि केही भएनन्’ पत्रकार सम्मेलनमा भनिएको थियो । उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताइएको छ । ‘