Posts

Showing posts from July 13, 2017

आज २०४ औ भानु जयन्ती

Image
सुनित भट्ट बैतडी, नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको दुईसय चारऔ जन्मजयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेको अध्यक्षतामा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति गरी मुलुकका विभिन्न भागमा भानुजयन्ती मनाइरहेको छ। समितिले आइतबार नैसमितिको गरिमामय उचाइ अभिवृद्धिका लागि समर्पित भएर सेवा गरेबापत विभिन्न व्यक्तित्वलाई 'भानुभक्त स्वर्णपदक' समर्पण गर्दैछ। भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा संास्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पुर्‍याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ।  विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मिएका आचार्यले 'अध्यात्मरामायण'को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए। उनका 'प्रश्नोत्तर' ...