आयुर्वेद बारे सम्पुर्ण जानकारी,जानीराख्नुहोस यी कुराहरु
![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg-t4dU3v813hNwqpKg5FHGJwcGXRAl8qu2Kd45Mp7kwwBZVpm48sM8Pm4arnYYcJsik3aGbDHeTojE5ipdpjg6a-gsP5LsmpAwnsVItWqU4TZcoBWGZWKWOfNnGz_waY7dfyER_2awpfFi/s320/PicsArt_01-13-06.54.02.jpg)
आयुर्वेद विश्वकै प्राचिन चिकित्साशास्त्र हो। योअथर्ववेदको उपवेद हो। आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि भारतवर्षबाट विकास भएको मानिन्छ। [२]मानव स्वास्थ्य शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्छ भने रोग त्रि-दोषहरु (वात, पित्त र कफ) को असन्तुलनको कारणले हुने विश्वास आयुर्वेदमा छ। स्वास्थ्य र रोगबारे आयुर्वेदको अवधारणाहरुले जडीबुटी मिश्रण, विशेष आहार र अन्य अद्वितीय स्वास्थ्य पद्धतिहरू(योग, पञ्चकर्म, क्षारसूत्र)को प्रवर्तन गर्दछ।  आयुर्वेदका भगवान: धनवन्तरी धनवन्तरी आयुर्वेदका भगवान हुन्। समुन्द्र मन्थनको समयमा धनवन्तरी अमृत, संख, चक्र र जडीबुटीका साथ प्रकट भएका हुन्। कात्तिक कृष्ण त्रयोदशीका दिनधनवन्तरि जयन्ती मनाउने गरिएको छ । विसं १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएदेखि नेपालमा 'धनवन्तरि जयन्ती' मनाउन थालिएको हो । विसं २०५६ सालदेखि धनवन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको छ। नेपाल, भारत,श्रीलङ्का लगायतका दक्षिण एसियाली मुलुकहरुमा आयुर्वेदको प्रयोग निकै नै बढी छ। हाल विश्वभरी नै आयुर्वेद वैकल्पिक उपचार पद्धतिको...