Posts

Showing posts from October 30, 2025

शिवनाथ धामको मेलाबाट फर्किँदै गर्दा जीप दुर्घटना — एकको मृत्यु, चार घाइते

Image
शिवनाथ धामको मेलाबाट फर्किने क्रममा बैतडीको मेलौली नगरपालिका–७ स्वाखानीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु र चार जना घाइते भएका छन्। गएराति से १ ज ७३२ नम्बरको बालेरो जीप दुर्घटनामा परेर मेलौली नगरपालिका–२ दुर्गास्थान स्वाडीकी २४ वर्षीया तुलसी पाण्डेयको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा निधन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्सपेक्टर बल्देब बडुले जानकारी दिनुभयो। घाइते हुनेहरूमा जीप चालक दरशथचन्द नगरपालिका–७ सुर्कालका ३२ वर्षीय जनकराज बडु, मेलौली नगरपालिका–२ का ६५ वर्षीय डम्बर पाण्डेय, उनका ३४ वर्षीय छोरा हरि पाण्डेय र २८ वर्षीय छोरा ओमप्रकाश पाण्डेय रहेका छन्। प्रहरीका अनुसार चालक बाहेकका सबै घाइते र मृतक एउटै परिवारका सदस्य हुन्। चालक बडुको टाउकोमा चोट लागेको छ भने अन्य तीन जनाको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ। घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।  जीप सडकबाट करिब १० मिटर तल खसेको थियो । 🚨 सावधानी सूचना: मेलापर्व तथा भीडभाडका समयमा यात्रा गर्दा सवारी साधनमा आवश्यक सावधानी अपनाऔं। चालक र यात्रु दुबैले सतर्कता अपनाए ...