Posts

Showing posts from July 4, 2017

अखण्ड सुदुरपश्चिमका कमाण्डर लख्खाभाईको कथा : नाराले जितेर पनि हारे लख्खाभाई

Image
असार २०,बैतडी, click n read more... कतिपय ठाउँका निर्वाचन पार्टीका कारणभन्दा एक व्यक्तिका कारण निकै चर्चामा रहने गर्छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सूदुरपश्चिमको वैतडीको दशरथ चन्द नगरपालिका यस्तै चर्चामा थियो । दशरथ चन्द नगरपालिकाको निर्वाचन पुष्करराज जोशी अर्थात् ‘लख्खाभाइ’का कारण राष्ट्रिय चर्चाको चुलीमा थियो ।  निर्वाचनको सुरुवाती दिनमा काँग्रेसमय थियो, दशरथ चन्द नगरपालिका । काँग्रेसको गढ मानिएको यो नगरपालिकामा माओवादीलाई प्रतिश्पर्धीको रुपमा हेरिएको थियो । तर, जब राप्रपाको तर्फबाट लख्खाभाइ मैदान उत्रिए तब चशरथ चन्दको चुनावी आँकलन नयाँ धारबाट हुन थाल्यो । लख्खाभाइले ‘चुनावी पासा’ पल्टाइदिने आँकलन धेरैले गरे ।  मतदाताको मत खसिसकेर मतगणना सुरु भएपछि मतपरिणाम लख्खाभाईकै पोल्टामा पर्न थाल्यो । काँग्रेसका नरेन्द्रसिंह थापालाई लख्खाभाइले पछाडी पार्दै गए । तर, लख्खाभाईको यो दबदबा लामो समय टिक्न सकेन । अन्ततः  काँग्रेसका नरेन्द्रसिंह थापा नै दशरथ चन्दका मेयर बन्न सफल भए । त्यसो त लख्खाभाइलाई प्राप्त मत थापाको तुलनामा कमजोर देखिएन । थापाले ३७६२ मत ल्याउँदा लख्खाभा...