Posts

Showing posts from August 17, 2017

अस्थायी शिक्षकको परीक्षा एक साता पछि सर्यो, बाढी पहिरोको 'बहाना'

Image
काठमाडौं - भदौ ३ गतेका लागि तय गरिएको अस्थायी शिक्षकको परीक्षा अन्तिम समयमा आएर एक साता पछि सारिएको छ । बाढी पहिरोको 'बहाना' बनाएर शिक्षक सेवा आयोगले परीक्षा सार्ने निर्णय गरेको हो । अब भदौ १० गते शनिबार परीक्षा हुने छ । 'कतिपय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको र परीक्षार्थीहरु समेत परीक्षा केन्द्रसम्म आवात जावत गर्न नसक्ने अवस्थालाई दृष्टिगत गर्दै उक्त परीक्षा २०७४ भाद्र १० गते शनिबार विहान ११ बजे पूर्व घोषित पीक्षा केन्द्रमा नै हुने गरी संशोधन गरिएको' आयोगद्धारा जारी सूचनामा उल्लेख छ । यसबाट परीक्षाकेन्द्र सम्म पुगेका परीक्षार्थीमा पर्न गएको असुविधा प्रति आयोगले दुख समेत ब्यक्त पनि गरेको छ । बाढी पहिरो आएको यतिका दिन सम्म निर्णय नगरेर अन्तिममा आएर गरिएको आयोगको निर्णय परीक्षा नगर्ने मनशायबाट प्रेरीत भएको अड्कल पनि काटिएको छ । 'आयोगलाई परीक्षा सार्न निकै दवाव थियो, यतिका दिन सम्म केही नबोलेर कर्मचारी परीक्षा केन्द्र हिँडेकै दिन निर्णय गर्नुले आयोगका पदाधिकारीले दवाव थेग्न नसकेको पुष्टि भएको छ' आयोगका एक बरिष्ठ कर्मचारीले ...

शिक्षक कुटिए

Image
काठमाडौं   / गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ मा रहेको दिगामचौर प्राथमिक विद्यालयका शिक्षक विक्रम लिम्बूलाई स्थानीय एक युवाले कुटपिट गरेका छन् ।  विद्यालयबाट घर फर्कंदै गरेका शिक्षक लिम्बूलाई सोही स्थानका राजेन्द्र राना कुमालले कुटेका हुन् । पीडित शिक्षकको आँखाको डिल, गाला र निधारमा चोट लागेको छ । विद्यालयका विद्यार्थीबीचको झगडामा आफूलाई गाँसेर कुटपिट गरिएको शिक्षक लिम्बूले बताए । ‘विद्यार्थीबीचको झगडामा मलाई मुछेर धम्की आइरहेको थियो,’ पीडित शिक्षक लिम्बूले भने, ‘सहजीकरण हुँदै थियो, एक्कासी आक्रमण भयो ।’ विद्यालयका प्रधानाध्यापक सीता कार्कीले बिनाकारण आफ्ना शिक्षकमाथिको कुटपिट गरिएको भन्दै दुःख व्यक्त गरिन् । विद्यालयले अभिभावक र आरोपित रानालाई बोलाएर छलफल गराउने तयारी गरेको भए पनि एक्कासी शिक्षकमाथि नै कुटपिट भएको प्रध्यानाध्यापक कार्कीले बताइन् । घटनापछि अरु शिक्षकले पनि असुरक्षित महसुस गरेको उनले बताइन् ।  १८ वर्षीय लिम्बूले २०७१ सालबाट विद्यालयको निजी स्रोतमा अध्यापन गराउँदै आएका छन् । कुटपिटको घटनापछि प्रहरीले दुवै पक्षलाई प्रहरी चौकीमा बोलाएर सहमति...

बिहारमा बाढीबाट ९१ को मृत्यु, करिब एक करोड बासिन्दा प्रभावित

Image
नयाँ दिल्ली,   भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन् ।  गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ ।  बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको बताइएको छ । ती क्षेत्रमा अहिले पनि वर्षाको क्रम जारी रहेको छ । जसका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ ।  बाढीका कारण लाखौँलाख नागरिक विस्थापित भएर सरकारले व्यवस्था गरेका शिविरमा बास बसिरहेका छन् । त्यस्तै हजारौँ जना घरबारबिहीन बन्न पुगेका छन् ।  बिहारका १२ जिल्लालाई बाढीले बढी मात्रामा प्रभावित पारेको छ । सरकारले उद्वारकार्यलाई तिब्रता दिएको जनाएको छ ।  बाढीबाट प्रभावित भएकालाई शिविर बनाएर राखिएको छ । सो शिविरमा कैयौँ नागरिक बसिरहेका छन् । केही हराएका छन् । बाढीमा परेर हराएकाको खोजीकार्य जारी छ ।  प्रभावित क्षेत्रमा ३५० शिविर निर्माण गरिएका छन् । ती शिविरमा हजारौँ नागरिक बसिरहेका बताइएको छ ।  बिहारका मुख्यमन्त्री नि...

भारत र चीनबिच झडप

भारत र चिनियाँ सेनाबीच झडप श्रीनगर (भारत),   । महिना दिन भन्दा लामो समयदेखि विवाद रही आएको भारत र चिनियाँ सीमा क्षेत्रमा बुधबार दुवै सेनाबीच सामान्य झडप भएको खबर छ ।  उक्त उच्च हिमाली क्षेत्रमा यस्तो झडप भएको खुल्न आएको एकजना भारतीय रक्षा अधिकारीले जनाएका छन् । तर सो झडप सामान्य भएको र छोटो समयमा नै नियन्त्रणमा आएको पनि ती अधिकारीले जानकारी गराए ।  ती अधिरकारीका अनुसार चिनियाँ सेनाले उक्त उच्च हिमाली क्षेत्रमा गस्तीमा रहेका भारतीय सीमा क्षेत्रतर्फका भारतीय सेनामाथि ढुङ्गा प्रहार गरेका थिए ।  पेङ्गोङ् ताल नजिकै रहेका भनिएका भारतीय सैनिकतर्फ लक्ष्य गरेर चिनियाँ सेनाले ढुङ्गा प्रहार गरेको ती अधिकारीले जनाएका छन् ।  उक्त सीमा क्षेत्रमा रहेको हिमालय क्षेत्र लादाख, पर्यटकीय आकर्षक मानिएको छ । सोही क्षेत्रमा भारतीय सीमा सुरक्षा बल रहेको छ ।  उक्त भारतीय बलतर्फ लक्ष्य गरेर चिनियाँ सेनाले केही समय सम्म ढुङ्गा प्रहार गरेको र भारतीय सीमा क्षेत्रतर्फ प्रवेश गर्ने प्रयास पनि गरेको आरोप ती भारतीय अधिकारीले लगाएका छन् ।  ‘यो एउटा सामान्य झडप हो यसबाट कतैतर्फ...

पर्सामा बाढीबाट नौ हजारभन्दा बढी प्रभावित

Image
पर्सा, भदौ १ गते । पर्सामा आएको बाढीबाट नौ हजारभन्दा बढी व्यक्ति प्रभावित भएको प्रहरीले जनाएको छ । साउन २६ गतेदेखि २९ गतेसम्म लगातार चार दिन परेको अविरल वर्षाको कारण जिल्लामा रहेका खोलाको पानी मानवबस्तीमा प्रवेश गर्दा दुई हजारभन्दा बढी घर डुबान हँुदा त्यसबाट नौ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका हुन् । चार दिन लगातार परेको वर्षा र खोला तथा गण्डक नहरको पानी मानव बस्तीमा प्रवेश गर्दा भएको डुबानमा परी ८५० घर पूर्णरुपमा क्षति र ९५० वटा घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँले बाढीका कारण घरबारविहीन भएकालाई नजिकैको सामुदायिक विद्यालय तथा उच्च स्थानमा जिल्ला दैविप्रकोप उद्धार समितिबाट उपलब्ध गराएको त्रिपालमा बासको व्यवस्था गरिएको बताउनुभयो । विगत तीन दिनदेखि वर्षा नभएपछि बस्तीमा पसेको पानी कम हँुदै गएपछि डुबानमा रहेका बस्तीमा सर्वसाधारण फिर्ता हुने क्रम शुरु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले बुधबार जानकारी दिनुभयो । उहाँले घरबारविहीन भएका र खाना पकाउन नसक्ने अवस्था भएका स्थानका ब...

प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो.

Image
काठमाडौँ,  भदौ १ गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमण गर्न चिनियाँ प्रधानमन्त्री ली खछ्याङको तर्फबाट नेपाल भ्रमणमा रहनु भएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले निम्तो दिनुभएको हो ।  उपप्रधानमन्त्री वाङ याङको नेतृत्वमा चिनियाँ सरकारी प्रतिनिधि मण्डल नेपाल भ्रमणमा छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईका अनुसार चीनको निम्तोप्रति धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले उपयुक्त समयमा चीन भ्रमणमा जाने जानकारी उपप्रधानमन्त्री वाङलाई दिनुभएको छ । भेटको क्रममा दुई पक्षीय सम्बन्ध र सहकार्यका विविध पक्षबारे कुराकानी भएको जानकारी दिँदै डा. भट्टराईले सम्बन्ध अझ सुदृढ गर्नेबारे छलफल भएको बताउनुभयो ।  उपप्रधानमन्त्री वाङले चीन सधैँ नेपालको राजनीतिक स्थायित्व र विकासको पक्षमा उभिएको स्पष्ट पार्दै चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’  (बीआरआई) कार्यान्वयनबारे चासो राख्नुभएको थियो । ‘नेपालले विगतदेखि लिएको निरन्तरको परराष्ट्र नीतिको उहाँले प्रशंसा गर्नुभयो,’ भेटका क्रममा भएको छलफलबारे जानकारी दिँदै डा. भट्टराईले भन्नुभयो, ‘सम्बन्धलाई अझ बल...