शिक्षक कुटिए
काठमाडौं
/ गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ मा रहेको दिगामचौर प्राथमिक विद्यालयका शिक्षक विक्रम लिम्बूलाई स्थानीय एक युवाले कुटपिट गरेका छन् ।
विद्यालयबाट घर फर्कंदै गरेका शिक्षक लिम्बूलाई सोही स्थानका राजेन्द्र राना कुमालले कुटेका हुन् । पीडित शिक्षकको आँखाको डिल, गाला र निधारमा चोट लागेको छ । विद्यालयका विद्यार्थीबीचको झगडामा आफूलाई गाँसेर कुटपिट गरिएको शिक्षक लिम्बूले बताए ।

‘विद्यार्थीबीचको झगडामा मलाई मुछेर धम्की आइरहेको थियो,’ पीडित शिक्षक लिम्बूले भने, ‘सहजीकरण हुँदै थियो, एक्कासी आक्रमण भयो ।’ विद्यालयका प्रधानाध्यापक सीता कार्कीले बिनाकारण आफ्ना शिक्षकमाथिको कुटपिट गरिएको भन्दै दुःख व्यक्त गरिन् । विद्यालयले अभिभावक र आरोपित रानालाई बोलाएर छलफल गराउने तयारी गरेको भए पनि एक्कासी शिक्षकमाथि नै कुटपिट भएको प्रध्यानाध्यापक कार्कीले बताइन् । घटनापछि अरु शिक्षकले पनि असुरक्षित महसुस गरेको उनले बताइन् ।
१८ वर्षीय लिम्बूले २०७१ सालबाट विद्यालयको निजी स्रोतमा अध्यापन गराउँदै आएका छन् । कुटपिटको घटनापछि प्रहरीले दुवै पक्षलाई प्रहरी चौकीमा बोलाएर सहमतिको प्रयास गरेको थियो । तर, सहमति जुट्न नसकेपछि विद्यालयको तर्फबाट प्रहरी र जिल्ला शिक्षा कार्यालयमा उजुरी दिने तयारी भइरहेको विद्यालयले जनाएको छ ।
Comments
Post a Comment