बैतडीमा बुधबार जीप दुर्घटना, १२ घाईते ३ गम्भीर

बैतडीको दशरथचन्द नगरपालिका–४ शाहीलेक नजिक बुधबार दिउँसो करिब ३ बजे उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। गोठलापानीबाट खोड्पे जाँदै गरेको जीप गोठलापानीबाट १.४ कि.मि अगाडी इश्वरीगंगा जाने बाटोको पिपलबोटनिर दुर्घटनामा परेको हो।
घाइतेमध्ये दशरथचन्द–११ की हरिना जोशी, दशरथचन्द–६ का अर्जुन महर (गम्भीर), धिरेन्द्र खत्री, लक्ष्मण नाथ, भुपेश जोशी, पुर्चौडी–४ की हिरा भट्ट, पुर्चौडी–५ का रिकेश पार्की, दिनेश पार्की (गम्भीर), जनक भट्ट, पाटन–९ का कबिराज भट्ट (गम्भीर), जनक भट्ट र पाटन–३ का डम्मर दत्त भट्ट रहेका छन्। चालक रोसन भट्ट सहित १३ जनामध्ये घाइते सबैलाई जिल्ला अस्पताल बैतडीमा उपचार भ‌ईरहेको छ। तीन जनाको अवस्था गम्भीर छ भने बाँकीको सामान्य रहेको प्रहरीको भनाइ छ। click hare for video click hare

Comments

Popular posts from this blog

दशरथ चन्द नगरपालीकाले गर्नुपर्ने मुख्य सुधारहरू

निङ्ग‌लासैनी भगवती मन्दिरको ईतिहास, उत्पत्ति, अनुश्रुतिमूलक कथा र पूजाविधिको परम्परा