Posts

Showing posts from October 19, 2025

बैतडीको त्रिपुरा सुन्दरी मन्दिरमा कार्तिक जात – १२ र १३ गते Oct 29 and 30

Image
बैतडी,   सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको दशरथचन्द नगरपालिकाको वार्ड नं. ८ मा अवस्थित त्रिपुरा सुन्दरी भगवतीको मन्दिरमा यसवर्ष पनि कार्तिक जात मेला शांतिपूर्वक चल्ने भएको छ ।  मेला दुई दिन अर्थात् १२ र १३ गते लाग्ने (October 29, 30 ) तथा यसमा आसपासका जिल्लाहरु साथै भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरु आउने गर्दछन् । Tripurasundari Temple  मेला कार्यक्रम र विशेष चलन १२ गतेको दिन बिहानैदेखि मन्दिर परिसरमा राँगा एवं बोकाहरु लाई मन्दिर परिसरमा ल्याउने चलन छ । त्यसै दिन साँझ “भराण सवारी” हुने गर्छ। १३ गते दोस्रो दिन कपाडी गाउँ सवारी हुने परम्परा रहेको छ । सोही क्रममा मन्दिरको मुख्य मञ्चमा मांच सवारी संचालन गरिन्छ र अन्त्यमा पुनः “भरण सवारी” पनि गरिन्छ। त्यहि दिन पशुबलि दिइने चलन छ । बलिपश्चात् राँगा दलित वर्गले लग्ने चलन रहेको छ । थप रूपमा, बलि दिइएको राँगासँगै लगिएको बोका (पशु) जसले चढाएको हो, त्यसैले आफैंले लग्ने गर्दछन् । भक्तजनहरुको भीड र सामाजिक महत्त्व यो मेला बैतडी जिल्लाभित्र मात्र नभएर सुदूरपश्चिमका अन्य जिल्लाहरुबाट तथा नेपाल भारत सीमावर्ती क्षेत...