अखण्ड सुदुरपश्चिमका कमाण्डर लख्खाभाईको कथा : नाराले जितेर पनि हारे लख्खाभाई
असार २०,बैतडी, click n read more...
कतिपय ठाउँका निर्वाचन पार्टीका कारणभन्दा एक व्यक्तिका कारण निकै चर्चामा रहने गर्छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सूदुरपश्चिमको वैतडीको दशरथ चन्द नगरपालिका यस्तै चर्चामा थियो । दशरथ चन्द नगरपालिकाको निर्वाचन पुष्करराज जोशी अर्थात् ‘लख्खाभाइ’का कारण राष्ट्रिय चर्चाको चुलीमा थियो । निर्वाचनको सुरुवाती दिनमा काँग्रेसमय थियो, दशरथ चन्द नगरपालिका । काँग्रेसको गढ मानिएको यो नगरपालिकामा माओवादीलाई प्रतिश्पर्धीको रुपमा हेरिएको थियो । तर, जब राप्रपाको तर्फबाट लख्खाभाइ मैदान उत्रिए तब चशरथ चन्दको चुनावी आँकलन नयाँ धारबाट हुन थाल्यो । लख्खाभाइले ‘चुनावी पासा’ पल्टाइदिने आँकलन धेरैले गरे । मतदाताको मत खसिसकेर मतगणना सुरु भएपछि मतपरिणाम लख्खाभाईकै पोल्टामा पर्न थाल्यो । काँग्रेसका नरेन्द्रसिंह थापालाई लख्खाभाइले पछाडी पार्दै गए । तर, लख्खाभाईको यो दबदबा लामो समय टिक्न सकेन । अन्ततः काँग्रेसका नरेन्द्रसिंह थापा नै दशरथ चन्दका मेयर बन्न सफल भए । त्यसो त लख्खाभाइलाई प्राप्त मत थापाको तुलनामा कमजोर देखिएन । थापाले ३७६२ मत ल्याउँदा लख्खाभाइले ३७०० ल्याए । काँग्रेसको गढमा उनको यो मतलाई शानदार हारकै रुपमा हेर्नुपर्छ । दशरथ चन्दमा लख्खाभाइले राप्रपा पार्टीको रुपमा यत्रो मत ल्याएका होइनन् । राप्रपाको नामोनिसान नभएको यो नगरमा उनले व्यक्तिगत ‘पपुलारिटी’कै कारण जनमत लिएका हुन् ।
को हुन लख्खाभाइ ?
पहिलो संविधानसभाले संविधान जारी गर्ने कसरत गर्दैगर्दा सुदूरपश्चिमलाई दुईवटा प्रदेशमा बाँड्नुपर्ने झलफलमा ठूला दलहरु थिए । तर, त्यति नै बेला सूदुरपश्चिममा लख्खाभाई उदाए, अखण्ड सुदूरपश्चिमको नारा लिएर । उनको अखण्ड सुदूरपश्चिम अभियान संविधानसभा भवन बाहिरसम्म चर्कियो । एकाएक उनी सूदुरपश्चिमका नागरिकको आँखामा परे । चर्चित बने लख्खाभाइ । उनी अखण्ड सुदूरपश्चिम आन्दोलनका कमाण्डरमात्रै होइन, बिजारोपणकर्ता पनि हुन् । सुदूरपश्चिममा चर्चा चल्छ, लख्खाभाइकै कारण सुदूरपश्चिम अखण्ड रह्यो । लख्खाभाई राप्रपामा प्रवेश गरेको धेरै भएको छैन । सुरुमा सुदूरपश्चिम जागरण मञ्चको नाममा जातीय राज्यका विरुद्ध अखण्ड सुदूरपश्चिमको आन्दोलन थालेका लख्खाभाइले दोस्रो संविधानसभाको निर्वाचनमा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल दर्ता गरे चुनाव नै लडे । पहिलो र दोस्रो संविधानसभामा वैतडी क्षेत्र नम्बर २ बाट चुनाव लडेका उनले दुवै निर्वाचनमा नजितेपनि सन्तोषजनक मत प्राप्त गरे । पछिल्लो समय तत्कालीन राप्रपा नेपाल र अखण्ड सुदूरपश्चिम पार्टी एकीकरण भएपछि उनी तत्कालीन राप्रपा नेपालका सुदूरपश्चिम सह–संयोजक बनेका थिए । गत मंसिरमा दुवै राप्रपा एक भएपछि माघ १० गते बसेको उच्च कार्य सम्पादन समितिले लख्खाभाइलाई ७ नम्बर प्रदेशको संयोजक नियुक्त गरियो । दोस्रो चरणको स्थानीय निर्वाचनमा उनलाई राप्रपाकै तर्फबाट दशरथ चन्द नगरपालिकाको मेयर पदमा उम्मेद्वार बन्ने अवसर मिलेको हो । तर, उनले काँग्रेसको दबदबा तोड्न सकेनन्, उल्लेख्य मत ल्याएर ठूला पार्टीको मन भने हल्लाइदिए । काँग्रेससँग जम्मा ६२ मतले हारे लख्खाभाइ । उनको विगत कुमाउ विश्वविद्यालयसम्म खोज्न सकिन्छ । उनी कुमाउ विश्वविद्यालय नैनीताल (भारत)मा छात्र संघका अध्यक्ष समेत रहिसकेका छन् । उनी उक्त विश्वविद्यालयमा छात्र संघको अध्यक्ष हुने पहिलो नेपाली समेत हुन् । सुदूरपश्चिममा जहिल्यै चर्चामा रहेका र जनताको ताली पाएका लख्खाभाई चुनावमा भने जहिल्यै हारिरहेका छन् ।
कृपया सेयर कमेन्ट गर्नुहोला......
Follow on Facebook click harehare
Follow on Twitter click hare
Sunit Bhatt, Baitadi
Follow on Facebook click harehare
Follow on Twitter click hare
Sunit Bhatt, Baitadi
Comments
Post a Comment