धनगढी नगर प्रमुख हमालको घरमा कालो ब्यानर

 धनगढीका नगर प्रमुख गोपाल हमालको घरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कालो ब्यानर लाईएका छन । सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले चेतावनी पनि दिएका थिए । आज हमालको घरमा कालो ब्यानर टाँसेका हुन् । 




धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे माग पत्र १५ दिने अल्टिमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरू सम्बन्धमा कुनै सुनुवाइ नभएकोले समस्याहरूको समाधानका लागि केही भएनन्’ पत्रकार सम्मेलनमा भनिएको थियो । 


उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताइएको छ । 


Comments

Popular posts from this blog

निङ्ग‌लासैनी भगवती मन्दिरको ईतिहास, उत्पत्ति, अनुश्रुतिमूलक कथा र पूजाविधिको परम्परा

गोठलापानीबाट झुलाघाट जादै गरेको जिप दुर्घटनामा मृत्यु तथा घाईते सबैको परिचय खुल्यो

बैतडीमा कोदालो प्रहार गरी १ जनाको हत्या र २ जना घाइते