निङ्गलाशैनी अठसठ्ठीकि जात १४ गते महाअष्टमीको दिन
निंगलासैनी मन्दिर सुदूरपश्चिम नेपालको प्रसिद्ध मन्दिरमध्ये एक हो। यो बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–०९ मा अवस्थित छ। मन्दिर जिल्ला सदरमुकाम भन्दा करिब १२ किलोमिटर अगाडी नै रहेको छ ।
देहिमाण्डौंको भगवतीलाई निंगलासैनी भगवती मन्दिरको नामले पनि चिनिन्छ। यसका साथै मेलौली भगवती, कपलाशैनी, रणशैनी आदि मन्दिरहरू पनी निकै चर्चित रहेका छन । यो सुदूरपश्चिमको एक प्रमुख धार्मिक र पर्यटकीय गन्तव्य हो।
हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने यस मन्दिरमा प्रत्येक वर्ष बडा दशैं, चैते दशैं, अनन्त चतुर्दशी, पूर्णिमा र धान्य पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्छ।
अठसठ्ठी कि जात १४ गते.
घटस्थापनादेखि बडा दशैको दिनसम्म यो सञ्चालन भएपनी मुख्य मेला महाअष्टमी को मानिन्छ। अठसठ्ठी जाँतका नामले प्रख्यात यस जाँतमा अष्टमीका दिन कम्तीमा ६८ प्राणीको बलि दिनुपर्ने परम्परा छ । सङ्ख्या नपुग्ने अवस्थामा नरिवल र कुभिण्डोका बलि दिइन्छ । अचेल महाष्टमीका दिन माताको मन्दिरमा हजारौं बोकाहरू र ३/४ सय राँगाहरूको बलि गरिन्छ । टाढाटाढाबाट ल्याएका बोका तथा राँगाहरू कारणबस सो दिन बलि सुरु हुनु अगावै मन्दिर परिसरमा पुऱ्याउन नसकेमा बडा दशैंको दिनमा पनि ती प्राणीहरूको बलि चढाइन्छ । दशैंको दिन जमरा ग्रहण गरेपछि यो जात्रा समापन हुन्छ ।
यस मन्दिरमा हरेक सङ्क्रान्ति र पूर्णिमामा पूजा लाग्ने गर्दछ भनी वर्षमा चारपटक महत्वपूर्ण मेला लाग्ने गर्दछन् । श्रावण र माघ महिनामा देवीको नित्य अभिषेक पनि हुने गर्दछ । यस मन्दिरका प्रमुख मेलाहरूमा पितृपक्ष सुरु हुनुअघिको भाद्र शुक्ल द्वादशीदेखि पूर्णिमासम्मको चारदिने मेला जसलाई तेरत्याकी जाँत, नानी जाँत, ठूली जाँत र पनिउँकी जाँत, असोजको नवरात्री घटस्थापनादेखि विजयादशमीसम्म, मङ्सिर शुक्ल पूर्णिमामा लाग्न जमानी जाँत र चैत्र महिनाको नवरात्र अष्टमी जाँत महत्वपूर्ण हुन् ।
भाद्र महिनाको चार दिने जाँतमा बैतडी क्षेत्र र स्वराड़ क्षेत्रका चन्द राजाहरूले चतुर्दशीको ठूलीजाँतमा बाजा गाजासहित जात्रा ल्याउने र देवीको दर्शन गर्ने गर्दछन् । पहिले पहिले बैतडीको जोशीबुडाबाट पनि जोशी र पन्तहरूले पनि जात्रा ल्याउने गर्दथे । मन्दिरमा जात्रा घुमाउने सन्दर्भमा भएको वादविवादका कारण देवी र केदार देवताको धामी कामेर जात्रा रोकेको बुढापाकाहरूले बताउँछन् । असोजको महाअष्ठमी र चैत्राष्ठमीका दिन यस मन्दिरमा राँगा र बोकाको बलि हुने गर्दछ भने मङ्सिर पूर्णिमामा हुने जमानी जात्रामा भने बलि हुने गर्दैन ।
Click hare for
Comments
Post a Comment