गोठलापानीबाट झुलाघाट जादै गरेको जिप दुर्घटनामा मृत्यु तथा घाईते सबैको परिचय खुल्यो

जेठ १६ बैतडी, मृत्यु हुनेमा बैतडीको दाेगडाकेदार गाउँपालिका ६ सित्तड माइत भइ भारतकाे पिथाैरागढ घर भएकी २१ वर्षीया मिना जाेशी रहेकी छन्। मिनाकाे जिल्ला अस्पताल बैतडीमा मृत्यु भएकाे हाे।


यस्तै घाइते हुनेहरूमा मृतक मिनाका श्रीमान ३० निरज भट्ट, दशरथचन्द नगरपालिका ६ गाजरी ४५ वर्षीया जानकी चुनारा , मेलाैली नगरपालिका २ का ७६ वर्षीय कृष्णबहादुर चन्द,पुर्चाैडी नगरपालिका ५ कुवाकाेटकी २८ वर्षीया निरा कुँवर,दशरथचन्द नगरपालिका १० का २८ वर्षीय ललितराम टमटा, साेही ठाउँका ३० वर्षीया निर्मला टमटा, निर्मलाका छाेरा ८ वर्षीय कार्तिक टमटा, दशरथचन्द नगरपालिका २ देहिमाडाैं माइत भएर भारतकाे पिथाैरागढ घर भएकी २४ वर्षीया रतना काेहरा र रतनाका श्रीमान २६ वर्षीय किसन काेहरा रहेका छन् ।



२ बजे झुलाघाटतर्फ जाँदै गरेको सुपप्र ०१-०० १ ज १५०० नम्बरको जिप दशरथचन्द नगरपालिका-१०, आदरपिण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर एकजनाको मृत्यु भएको र आठजना घाइते भएका छन्।  

दुर्घनापछि जिप चालक दार्चुलाको लेकम गाउँपालिका –३, का ३१ वर्षीय भुवन टमाटा फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।


मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

Comments

Popular posts from this blog

निङ्ग‌लासैनी भगवती मन्दिरको ईतिहास, उत्पत्ति, अनुश्रुतिमूलक कथा र पूजाविधिको परम्परा

बैतडीमा कोदालो प्रहार गरी १ जनाको हत्या र २ जना घाइते