बैतडी दनपा गुरुखोलामा बसको ठक्करबाट महिलाको मृत्यु

बैतडी – दशरथचन्द नगरपालिका–१, गुरुखोला विद्यालय गेट नजिक बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार महाकाली यातायातको (सु.प.प्र ०२००१ ख १०१७) नम्बरको बसले महिलालाई ठक्कर दिएको हो।

देहिमाण्डौ मेला हेरी घर फर्किँदै गरेकी महिलालाई सतबाँजबाट देहिमाण्डौ जाँदै गरेको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

Comments

Popular posts from this blog

बसबाट खसेर बैतडीमा एक वृद्धको मृत्यु

बैतडीमा बुधबार जीप दुर्घटना, १२ घाईते ३ गम्भीर

दशरथ चन्द नगरपालीकाले गर्नुपर्ने मुख्य सुधारहरू