दशरथ चन्द नगरपालीकाले गर्नुपर्ने मुख्य सुधारहरू

दशरथ चन्द नगरपालीकाले गर्नुपर्ने मुख्य सुधारहरू राम्रो सँग अध्ययन गरिदिनु होला।

 १-बाँझो जग्गा ब्यवस्थापन( बाँदर हरु लाई पनि बाच्ने वातावरण बनाउने - जल्दो,अदुवा, कागती,चुख,ओखर , खुर्सानी,श्रिखण्ड, रुद्राक्ष, जस्तो खेति गर्न सकिन्छ।

 २-सामुदायिक बिधालय हरुको सुधार( नैतिक शिक्षा,संस्कृत र पुर्व व्यवसायिक शिक्षा र प्राविधिक शिक्षा ) 

 ३-स्वास्थ्यमा सुधार (बृद्द ,असहायको घरमा नै गएर सेवा दिने सुगर बिपि लगायत का दिर्घकालीन रोगहरू लाई निशुल्क औषधी,योग ,ध्यान तथा आयुर्वेदिक पद्धतिमा स्वास्थ्य सेवा दिने लगायत सम्भव भए सम्म निशुल्क स्वास्थ्य सेवा।

 ४-साना तथा घरेलु उद्यम हरु स्थापना ( एक गाउँ एक उत्पादन/उधोग कृषि,तथा स्थानीय उत्पादनको आधारमा PPP model मा । 

 ५-पुराना रितिरिवाज, परम्परा ,लोक संस्कृति हरुको संरक्षण प्रबर्द्धन तथा सुधार गर्ने ।

 ६-धार्मिक पर्यटकीय स्थलहरू पहिचान गरि एक आपसमा जोड्ने ट्रयाक निर्माण गर्ने। 

 ७- पुर्वाधार विकासमा अनिवार्य श्रमदान गर्नुपर्ने आवश्यकता र श्रोतको सुनिश्चितता को आधारमा मात्र योजना बनाउने ,योजना सम्पन्न भएको३ दिन भित्र भुक्तानी गर्ने। 

 ८- महालेखा तथा आन्तरिक लेखापरीक्षण बाट आएको बेरुजु तत्काल असुली गर्ने नभए जायजेथा बाट असुल गर्ने। 

 ९- सार्वजनिक जमिन, बाटोघाटो, खोलानाला वा गुठी को संरक्षण गर्ने कसैले कब्जा गरेको भेटिए तुरुन्तै खालि गराउने। 

 १०- प्राकृतिक स्रोत साधनको भरपुर सदुपयोग गर्ने,(बालुवा, गिट्टी, माटो को प्रयोग गरि इटा ,ब्लक लगायत निर्माण सामग्री उत्पादन गर्ने। 

 ११- प्रत्येक वडामा १-३ वटा मन्दिर हरुमा भजन कीर्तन गर्ने तथा निशुल्क भोजनको व्यवस्था गर्ने । 

 १२- प्रत्येक सनातनी हिन्दू धर्मावलम्बी ले अनिवार्य भागवत गीता, रामायण लगायत बेद,पुराण र ग्रन्थ हरुको अध्ययन गर्ने व्यवस्था मिलाउने। 

१३-नगरपालिका मा बसोबास गर्ने हिन्दूहरुले धर्म परिवर्तन गरेका क्रिश्चियन, मुस्लिम लगायतका हरुको स्पष्ट तथ्याङ्क लिएर किन धर्म परिवर्तन गर्यो समस्या पहिचान गरि आफ्नो सनातन धर्ममा फिर्ता ल्याउने।

 १४- घरबार नभएका हरुको निशुल्क २ कोठे घर भान्सा र शौचालयको व्यवस्था गर्ने वास्तविक पहिचान गरेर मात्र। 

 १५- चमेलिया महाकाली को पानिको सदुपयोग गरि नदि किनारका खेतमा सिँचाइ,माछा पालन, र्याफ्टिङ, स्विमिङ पुल तथा पानिको सदुपयोग गर्ने।
✍️ Himmat Chand (Facebook post ) Original post link 


 थोडा बहुत कमेन्टमा तम लै लेख

Comments

Popular posts from this blog

बैतडीमा बुधबार जीप दुर्घटना, १२ घाईते ३ गम्भीर

निङ्ग‌लासैनी भगवती मन्दिरको ईतिहास, उत्पत्ति, अनुश्रुतिमूलक कथा र पूजाविधिको परम्परा