बैतडीमा किशोरीमाथि बलात्कारको आरोपमा युवक पक्राउ

बैतडी — बैतडी जिल्लामा एक किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहारले सोही उमेरकी किशोरीमाथि जबरजस्तीकरणी गरेको अभियोगमा आइतबार पक्राउ गरिएको हो ।
पीडित किशोरीले आफूलाई जबरजस्तीकरणी गरेको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा उजुरी दर्ता गरेकी थिइन्। उजुरीका आधारमा लुहारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल पक्राउ परेका लुहारमाथि जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

Comments

Popular posts from this blog

बैतडीमा बुधबार जीप दुर्घटना, १२ घाईते ३ गम्भीर

दशरथ चन्द नगरपालीकाले गर्नुपर्ने मुख्य सुधारहरू

निङ्ग‌लासैनी भगवती मन्दिरको ईतिहास, उत्पत्ति, अनुश्रुतिमूलक कथा र पूजाविधिको परम्परा