बैतडीमा कोदालो प्रहार गरी १ जनाको हत्या र २ जना घाइते
चैत्र ८, बैतडी - बैतडीमा १ जनाले आफ्नै श्रीमतीको कोदालो प्रहार गरी हत्या गरेका छन्। डिलासैनी गाउँपालिका वडा नम्बर ७ धामी गाउँका वर्ष ६२ का किषन सिंह धामीले आफ्नै श्रीमती ५६ वर्षीय पार्वती धामीको कोदालो प्रहार गरी घाइते बनाएको र उपचारका क्रममा स्वास्थ्य चौकी लैजाँदा बाटोमै मृत्यु भएको हो। त्यसै क्रममा धामीले दशरथचन्द नगरपालिका ९ घर भएका गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत वर्ष २९ का सुवास कलौनी र डिलासैनी गाउँपालिकाका कार्यालय सहयोगी वर्ष २६ का देवराज भट्ट घाइते भएका हुन् ।
धामीले बिहिबार बिहान आफ्नो श्रीमतीको कोदालो प्रहार गरी घाइते बनाएको र उपचारका क्रममा स्वास्थ्य चौकी लैजाँदा मृत्यु भएको र डेरा गरी बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार गरी घाइते बनाएका हुन्
धामीले किन कोदालो प्रहार गरे भन्ने बारेमा खुल्न सकेको छैन ।
कोदालो प्रहारबाट घाइते भएका धामीका श्रीमती र सुवास कलौनी तथा खेमराज भट्टलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लग्ने बेला धामीकी श्रीमतीको बाटोमै मृत्यु भएको हो भने गम्भीर रुपमा घाइते भएका कलौनी र भट्टको थप उपचारका लागि सुर्खेतबाट हेलिकप्टर मगाई थप उपचारका लागि पठाइएको छ ।
प्रहरीले किशन धामीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइ
रहेको छ ।
Comments
Post a Comment