बादर आतङ्क : पुरै बालीनाली नष्ट: बाली क्षति मा १० हजारसम्म दिने
सुनित भट्ट दनपा ५ बैतडी, बैतडीमा बिगत लामो समय देखि बादरको आतङ्क बडेको छ , खेतमा लगाएको मकै बाली सबै बादरले खाईदिने गरेको र अन्य फलफुल तथा बारीमा लगाएको तरकारी पनि बादरले खाईदिने गरेको छ
मकैबारी दिनको समयमा बादरले खाने र रातको समयमा बदेलले सबै सखाक गरिसकेको छ ।
लामो समयदेखि बादर धपाउन प्रयास गरेपनि स्थानीय तथा प्रहरिको प्रयास पनि असफाल रहेको छ, केहि समय पहिला बादर लखेटनको लागी लाखौं बजेत छुट्टयाईएको थियो तर केहि सिप चलेन ।
एकै प्रकारका बादर नभई धेरै प्रकारका र धेरै आक्रामक तथा खतरनाक रहेको बिज्ञहरुले जानकारी र स्थानीयलाई सुझाव दिएका छन थिए ।
यसरी खेतबारी बादर तथा बदेलले बारी पाक्ने समयमा खाईदिने र नोक्सान गरिदिने हुदा सबै किसान चिन्तित बनेका छन ।
बादरले बालीनाली मा गरेको क्षतिको राहत बितरण गर्ने निर्देशिका २०८० ल्याएको छ ,जसमा बालीनाली नोक्सान गरेमा नोक्सान गरेको आधारमा १० हजार सम्म राहत दिने भएको छ ।
निर्देशिका डाउनलोड गर्न :- वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० भनेर गुगलबाट डाउनलोड तथा तलको लिङ्कबाट पनि डाउनलोड गर्न सक्नुहुनेछ -
Comments
Post a Comment