बैतडीमा मतगणना गर्दा बिचमा बत्ती निभाएर धाँधली

बैतडी : राष्ट्रिय प्रजातन्त्र पार्टीले दशरथचन्द नगरपालिकाको मतगणना प्रक्रियामा धाँधली भएको आरोप लगाएको छ। आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर मतगणना स्थलमा बत्ती निभाउने, प्रतिनिधि नभएका भित्र जाने लगायतका काम गरेको आरोप लगाएको छ। मतगणनापछि आफ्ना प्रतिनिधिले सहीछाप नगरिकनै मतपरिणाम सार्वजनिक गरेको आरोप समेत राप्रपाले लगाएको छ। राप्रपाका अध्यक्ष प्रेमबहादुर चन्दले हस्ताक्षर गरेको विज्ञप्तिमा आफूहरु अदालत जाने समेत उल्लेख गरिएको छ। दशरथचन्द नगरपालिकाको मेयरमा राप्रपाका पुष्करराज जोशी (लख्खाभाइ) लाई ६२ मतले पराजित गर्दै नेपाली कांग्रेसका नरेन्द्रसिंह थापा विजयी हुनुभएको छ। सुरुदेखि अग्रता लिइरहेका पुष्करराज जोशी (लख्खाभाइ) अन्तिममा पराजित हुनुभएको थियो। नेपाली कांग्रेसका नरेन्द्रसिंह थापाले ३ हजार ७ सय ६२ मत ल्याउनुभएको थियो भने राप्रपाका पुष्करराज जोशी (लख्खाभाइ) ३ हजार ७ सय मत ल्याउनु भएको थियो। राप्रपाले मतगणनामा धाँधली गरेको आरोप लगाए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरेको छ। जिल्ला न्यायधीश एवं मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहले आफूहरुले कानुन अनुसार काम गर्ने र कसैले भन्दैमा प्रमाणपत्र प्रदान र शपथ ग्रहणको कार्य नरोकिने बताउनुभयो। उच्च अदालतले अन्तरिम आदेश दिएमा मात्रै प्रक्रिया रोकिने उहाँको भनाइ छ। ‘कसले के भन्छन् भन्ने कुरा ठूलो होइन हामीलाई कानुनले जे गर भनेको छ त्यही गर्नुपर्छ,’ उहाँले भन्नुभयो

Follow on fb 
Thank you
Cmmt n share

Comments

Popular posts from this blog

निङ्ग‌लासैनी भगवती मन्दिरको ईतिहास, उत्पत्ति, अनुश्रुतिमूलक कथा र पूजाविधिको परम्परा

गोठलापानीबाट झुलाघाट जादै गरेको जिप दुर्घटनामा मृत्यु तथा घाईते सबैको परिचय खुल्यो

बैतडीमा कोदालो प्रहार गरी १ जनाको हत्या र २ जना घाइते