Posts

Showing posts from July 6, 2026

बजारको मोडमै अव्यवस्थित पार्किङले बढायो सवारी आवागमनमा समस्या

Image
बैतडी: दशरथचन्द नगरपालिका स्थित गोठलापानी बजारको मोडमा जथाभावी तथा गलत दिशामा सवारी पार्किङ गरिँदा दैनिक रूपमा सवारी आवागमन प्रभावित हुने गरेको छ। विशेषगरी मोडमै पार्किङ गरिएका सवारीका कारण ठूला तथा साना सवारीसाधनलाई ओहोरदोहोर गर्न कठिनाइ हुने गरेको छ। यसले ट्राफिक जाम हुनुका साथै दुर्घटनाको जोखिम पनि बढाएको स्थानीय तथा यात्रुहरूको भनाइ छ। विशेषगरी साँघुरो मोडमा पार्किङ गरिएका सवारीका कारण दुईतर्फी सवारी सञ्चालनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको देखिन्छ। स्थानीय तथा यात्रुहरूले सम्बन्धित निकायले उक्त क्षेत्रमा पार्किङ व्यवस्थापन, आवश्यक संकेतचिन्ह (No Parking) र नियमित अनुगमन गर्नुपर्ने माग गरेका छन्।